आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा रहेका गायक सागर खड्काको “दशै तिहार आउँदा” बोलको गित र भिडियो सार्वजनिक

परदेशी खबर ३ आश्विन २०७३, सोमबार ११:०७ मा प्रकाशित ( ७ साल अघि) २५५ पाठक संख्या

परदेशी खबर /सेप्टेम्बर १९, कुवेत ।लामो समय देखि कुवेतमा रहेको सागर खड्काले दशै तिहार बिशेष “दशै तिहार आउँदा” बोलको गित र म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार आउँदा बोलको गितमा शब्द आरती नेपालीको रहेको छ भने संगीत संयोजन र निर्देशन सागर खड्काकै रहेको छ ।

परदेशमा रहेको परदेशीलाई चाडपर्व आउँदा खेरिको गाउघर र परिवारको सम्झानालाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियोमा सागर खड्का, रुपेन हमाल र मोनिकाले अभिनय गरेको छ ।
भिडियो :-