आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS

तेश्रो बार्षिकोत्सव सफलता पूर्वक सम्पन्न भएकोमा आभार प्रकट

परदेशी खबर २९ आश्विन २०७३, शनिबार १५:०४ मा प्रकाशित ( ७ साल अघि) ४५४ पाठक संख्या

image

परदेशी खबर डटकमले हिजो मिति १४ अक्टोबर २०१६ मा सम्पन्न तेश्रो बार्षिकोत्सव तथा परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ लाई भब्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघ संस्थाहरु, सहयोगी हातहरु, शभेच्छुक, मुख्य प्रायोजक, सह प्रायोजक लगायत प्रमुख अतिथी महामहिम यज्ञबहादुर हमाल ज्यु, बिशेष अतिथीहरु प्रथम महिला महामहिम रिता हमाल ज्यु, यूएई एक्सचेन्जका हेड अफ बिजनेस डेभलपमेण्ट म्यानेजर जर्ज भर्गिस ज्यु, एनआआरएनए/ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष अर्जुन तामाङ ज्यु, पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने ज्यु, र हाम्रो निमन्त्रणालाई स्विकार गरी कार्यक्रमलाई सफल गराउन उपस्थित भई दिनुभएको सम्पूर्ण संघ संस्थाका प्रतिनिधि ज्युहरु कार्यक्रममा पाल्नु भएका सहकर्मि पत्रकार मित्रहरु, समाजसेवी, खेलाडी, कलाकारहरु, साह्त्यकार र सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा परदेशी खबर परिवारको तर्फबाट आभार प्रकट गर्दछु।

तेश्रो बार्षिकोत्सव तथा परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ को अवसरमा हामीले नेपालीहरुका सच्चा अभिभावक महामहिम राजदूत यज्ञबहादुर हमाल ज्युलाई अभिनन्दन र एनआरएनए/राष्ट्रिय समन्वय परिषद कुवेत, यूएई एक्सचेन्ज कुवेत, जेष्ठ नागरिक मित्र सिंजाली ज्यु, र ऋषि थापामगर ज्यु जस्ता हस्तिहरुलाई पनि सम्मान गर्ने अवसर प्राप्त भएकोमा सिंगो परदेशी खबर परिवार गौरवान्बित भएको छ।

कार्यक्रमको दौरानमा त्रुटिहरु भए होलान्।कसैको अन्जानमा मनमर्दन भए होलान्। कसैलाई अन्जानमा चोट पुग्न गए होलान्। यस प्रति आयोजक परदेशी खबर परिवारको तर्फबाट क्षमा याचना गर्दछु।

परदेशी खबरको स्थापना गरेर हामीलाई यससंग जोड्नु हुने प्रधान सम्पादक लामा भाई ज्यु र संरक्षक सुरेश ग्याबा तामाङ ज्यु प्रति परदेशी खबर परिवार सदा सम्मान गर्दछ। वहाँहरुको कार्य व्यस्तता र नेपाल बाहिर रहनु भएको कारण हामीसंग रहन पाउनु भएन यस प्रति परदेशी खबर अति नै दुखी छ।

कार्यक्रममा धेरै महानुभावहरु छुट्टीको कारण नेपालमा रहनु भएको कारण उपस्थित हुन नसक्नु भएको कारण वहाँहरुको कमीको महसुस पनि भएको थियो।

यसका साथै परदेशी खबरको तेश्रो बार्षिकोत्सवलाई सफल गराउन अहोरात्र खट्नुहुने सम्पूर्ण परदेशी खबर टिम प्रति पनि कृतज्ञता प्रकट गर्दछु। बिशेष गरी सम्पादक डिजाईनर हरि लावती ज्यु जस्लो रातभर नसुतिकन समखपूर्ण डिजाईन पुरा गर्नु भयो। वहाँ प्रति परदेशी खबर परिवार सँधै कृतज्ञता प्रकट गर्दछ। यसका साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सम्पूर्ण टिमकै बिशेष योगदान रह्यो। यस प्रति पनि परदेशी खबर सँधै आभारी रहने छ।

यसका साथै बिदेशमा रहेर हामीसंग जोडीएर आफ्नो तर्फबाट संधै समाचारहरु पठएर सहयोग गर्नु हुने हाम्रा सम्वादाताहरु, माया लोप्चन तामाङ (साईप्रस), नेरुता मोक्तान तामाङ (लेबनान), सोनाम दोङ तामाङ (बहराईन), यमराज बिष्ट ( मलेसिया), दिपेन्द्र खड्का “गितकार” (साउदी), अशिम दोर्जे तामाङ साउदी र मनबहादुर केसी “मुस्कान” (यूएई) प्रति पनि परदेशी खबरको तर्फबाट अति नै आभारी छु।

परदेशी खबर डटकमको तेश्रो बार्षिकोत्सव तथा परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ को अवसरमा ल्यापटप उपहार प्रदान गर्नुहुने नेपाली जनप्रगतिशिल मन्च कुवेत प्रति पनि परदेशी खबर परिवार मुरी मुरी धन्यवाद व्यक्त गर्दछु। यस्तै मातृभूमि युवा क्लबका अध्यक्ष ऋषि थापा मगर, भोजपुर सेवा समाजका मेरा सहकर्मी दाजुभाई दिदी बहिनीहरु, किरात राई यायोक्खाका सहकर्मी दाजुभाई दिदी बहिनीहरु प्रति पनि बिशेष आभार प्रकट गर्दछु।

हामीले कुवेतको नेपाली समाजमा बिभिन्न क्षेत्रबाट योगदान दिनुहुने महानुभावहरुलाई अवार्डको माध्यमबाट सम्मान गर्ने निर्णय गरे बमोजिम परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ को आयोजना गर्यौं। यसबाट कतिलाई न्याय गर्यो, कतिलाई गरेन भन्ने कुराको समिक्षा पनि नेपाली समाजले गर्ने नै छ भन्ने हामीले बिश्वास लिएको छौं। सबैलाई समेट्ने ईच्छा हुँदै पनि सबैलाई समेट्न सकिएन। कतिपय बिधामा कैयौं धेरै ब्याक्तिहरु सम्मानित हुनु पर्ने थियो तर पनि त्यसो गर्न पनि निश्चित मापदण्डहरुका कारण असमर्थ भयौं। यस प्रति परदेशी खबर परिवार दुख प्रकट गर्दछ।

अन्त्यमा पुन एकपटक सम्पूर्णमा धन्यवाद व्याक्त गर्दै, आगमी दिनहरुमा पनि तपाईंहरुको सहयोग र सहकार्य निरन्तर रहनेछ भन्ने पूर्ण बिश्वासका लिएको सबै महानुभावहरुमा बिनम्र निवेदन गर्दछु।

कोशराज राई
प्रमुख कार्यकारी सम्पादक
तथा परदेशी खबर परिवार
१५ अक्टोबर, २०१६