आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

देनहागमा हुने विश्वव्यापी मेलामा नेपालको सहभागीता..

परदेशी खबर १४ भाद्र २०७३, मंगलवार २३:३६ मा प्रकाशित ( ७ साल अघि) २३६ पाठक संख्या

FB_IMG_1472594458436

 

आरके सुवेदी

अगस्ट ३०,देनहाग, नेदरल्याण्ड ।आगामी सेप्टेम्बर 3 तारिक शनिबारका दिन नेदरल्याण्डको देनहाग शहरमा दुतावास पर्व (Embassy Festival) हुने भएकोछ।
नेपाल सहित विश्वका करिब ६० देशको सहभागीता रहेको उक्त पर्वमा सबै देशहरूले आ-आफ्नो देशको कला तथा संस्कृति झल्काउने विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। आफ्नो कला र संस्कृतिलाई विश्व सामु पुर्याउने उद्देश्यले प्रत्येक देशका दुतावासहरू मार्फत देश विदेशमा ख्यातिप्राप्त तथा प्रोफेसनल कलाकारहरूले गीत, नृत्य एवं अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुका साथै प्रत्येक देशले आआफ्नो देशको टिपिकल खाना, कपडा, पुरातात्विक वस्तुहरू, ह्यान्डीक्राफ्टस् आदिको समेत स्टल प्रदर्शन गर्ने भएका छन्।

नेदरल्याण्डको एक इभेन्ट म्यानेजमेन्ट समूहले आयोजना गरेको यस कार्यक्रममा बेल्जियम स्थित नेपाली दुतावासले नेपाललाई पनि सहभागी बनाउने व्यवस्था एवं आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन मिलाईदिएको हो। यस सम्बन्धित विस्तृत जानकारी http://www.nepal.nl/prikbord/embassy-festival-2016-2/ मा प्राप्त गर्न सकिन्छ।

यस बृहत पर्वमा नेपाली दूतावासको मातहतमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समिति, एन.आर.एन. नेदरल्याण्ड,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज- इनास नेदरल्याण्ड, हिमचुली नेदरल्याण्ड तथा लाली गुराँस सांस्कृतिक समूह नेदरल्याण्ड लगायतका संघ संस्थाहरु तथा हामी सम्पूर्ण नेपाली समूदायको सहभागिता हुँदैछ।

नेपाली कल्चरल इभेन्ट म्यानेजमेन्ट टिमद्वारा प्राप्त जानकारी अनुसार उक्त मेलाको अन्तर्राष्ट्रिय स्टेज (Creative Arena) मा नेपालको तर्फबाट तीज नाच, लाखे नाच, मारूनी नाच, लाइभ लोक दोहोरी, तप्का नाच आदि साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने भएकोछ। यसैगरी नेपालको तर्फबाट Travel Nepal (Travel Agency), Dakini World (Handicraft Company), Puur Clothing and Himalayan Handicraft & Jewelry (Fashion Company), Namaste Co-Operative Company ( Social Entrepreneurs Company) गरी जम्मा पाँच वटा कम्पनीहरूले उक्त मेलाको अन्तराष्ट्रिय मार्केटिंग स्टलमा आफ्ना सामानहरूको प्रदर्शन र बिक्री बितरण गर्ने भएका छन्।

यो इभेन्ट मेनेजमेन्ट गर्नका लागि नेपाली दुतावासका तर्फबाट कार्यबाहक महामहिम राजदुत घनश्याम भण्डारी, नेपाली कन्सुलेट आम्टरडामका सचिब (The Secretary of Nepalese Consulate Amsterdam) Renate Schwarz, नेपाली इन्टरप्रेन्युयर नेदरल्याण्डका फनिन्द्र पन्त, इनासका केन्द्रीय अध्यक्ष पुष्प बरूवाल, हिमचुली तथा लालीगुँरास साँस्कृतिक समूहका संयोजक आरके सुवेदी, एन.आर. एन. आइ. सी. सी. का श्रीराम कडेल तथा एन. आर. एन. नेदरल्याण्डका महासचिव अच्युत कट्टेलले प्रमुख भुमिका निर्वाह गर्नुभएको छ भने उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरुलाई तीजको दर स्वरूप निःशुल्क खानाको व्यवस्था साउथ होल्याण्ड स्थित स्थानीय नेपाली देनहाग समाजले गर्दैछ।

यसबाट हाम्रो भाषा, कला, संस्कृति, संगीत, सम्पदा आदिको विकास एवं प्रवर्द्धन हुनुको साथै समग्र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष पहिचान हुनेछ। यस फेस्टिवलमा नेपाली पुरातात्विक कलात्मक वस्तु, थांका, ह्याण्डीक्राफ्ट आदिको साथै विभिन्न नेपाली टिपिकल परिकारहरूको स्टल समेत राखिने कुराले नेपाली पर्यटनको क्षेत्रमा निक्कै महत्वपूर्ण सहयोग पुग्ने कुरा आयोजकहरू बताउछन्।