आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

दोहामा जमेको "सिसा गजल"

परदेशी खबर २५ भाद्र २०७३, शनिबार १२:१९ मा प्रकाशित ( ७ साल अघि) २८७ पाठक संख्या

fb_img_1473509134103फोटोले साथीहरू झुक्किए झन् झुक्काउन निहुँ मिल्यो। कारण कतारमा कलम चलाउने हामी सबै फनी।

छ जना साथीहरूको नाम चुनियो पाँपाँच गजल वाचन गर्ने भए। हामी सबै कस्सियौँ प्रचार लप्रसार र कार्यक्रम व्यवस्पानमा। तोकिएको दिन अर्थात सेप्टेम्बर ९, बिहानको काम छ र काम बाहिर गर्मी र पसिना। साथीहरू भेट्दा अमिलोअमिलो पसिना गन्हाए के गर्ने भो जान्न! मन कठोर बनाएर लाजसरमबाट बच्न । जाने दिन आज बिहान चार बजे उठेर तयारी गरें। काममा जाने र उतैबाट दोहामा नवोदित र अनेसासको मासिक वाचन तथा १५१ औँ मोति जयन्ती समारोहमा जाने एकल निर्णय भो। बिहान ०५ बजे छुट्ने गाडी पाँच एक सम्म अल्झाइरहने प्रेमिका नू”को फोन आज आएन, न दोहा जाँदैछु भनेर मैले म्यासेज नै छोडें। हामी अधिक औपचारिक भूमिका निभाउँछौ। आज चुक्यौ। काममा गएँ दिनभरीको काम सम्हालें। कतारको गर्मी पसिनाले निथ्रुक्क म बाह्र बजे सम्म त जाँदिन भने। ह्या कतारमा कति होलान् र पसिना नचुहाइ काम गर्ने । सदाको साथी इश्वर लजालुलाइ म्यासेज गरेकै थिएँ। एकसरो कपडा लिएर आएकोले कामबाट दुइबजे बहिर निक्ले पछि लकर रूमको वासरूममा पसिना पुछपाछ र कपडा फेरफार भयो। लजालु सरलाइ फोन गरें वहाँ आउँदै गरेको खबर लिए । म पूर्ण तयारी भएर निक्लें।

केही क्षणमा लव्ली इश्वर लजालु राई सर आउनुभो, मेरो कामको बाहिर भेटियौँ । विविध गफ गजलकार यसो र गजल उसो गर्दै दिउँसो करीब साँढे दुइ बजे दोहा नेशनल वा जैदा टावरको टपफम पुग्यौँ।

हामी हलमा छिर्यौँ। कार्यक्रम सुरु भैसकेको थियो। अघि औपचारिक कार्यक्रम के के भए.. तर म पुग्दा, वालमा युवाकवि वा गजल पिता मोतिराम भट्टको तस्वीरको दायाँबायाँ तीन तीन गजलकारका तस्वीर थिए। गजलकारको हातमा त कलम हुनु पर्ने सबैका हातमा माइक थियो। तस्वीरमा चुनाव प्रचार प्रसारमा लागेका नेता जस्ता। हो यी तमाम गजलकार आज नेता जस्तै हैन तर माइकमार्फत गजल सुनाउँदै थिए। तिनले कसरी लिए तर युग बोकेको श्रष्टासंग यौटै व्यानरमा अट्नु अहोभाग्य र चुनौति दुबै थियेा। विशिष्ट श्रोताका दायाँवायाँ छ गजलकार जस्को गलामा खदक र खदकमा नाम प्रिन्ट, सबैका सामु टेबल माथि गजल पिता मोतिको तस्वीर, म बहकिएको हुँ म पनि मरेपछि पनि बाँचिरहन पाउँ तर कसरी? प्रश्न आँफैमा झुन्डिएको थियो।

अचेल रचना वाचन र सम्मानहरू गल्ली गल्ली पाइन्छन् कठोर भएर भन्ने हो भने, अवसर भन्दा चुनौति हो टिकिरहनको लागि, अरू टिक्लान् नटिक्लान् भविष्यवाणी गर्दिन तर कलम चलाउने मान्छे कतार आउने हो भने जो कोही टिक्ने छन् भन्ने प्रमाण पेश गरिरहेका थिए ईश्वर शाही ।

सुरुवाती गजलकार कार्यक्रमको मतला भन्दा पनि भयो। वहाँले गजलमा प्राय हाम्रा दैनिकका सबै विषय उठाउनु भएको थियो अझ यसरी भनौ सबैका गजलमा राजनीति, व्यंग्य प्रवास पीडा र प्रेम जीवन ओकलिएकै थिए। सेर दोहार्याउन आग्रह पटक पटक भएका थिए। यो गजलकारको सफलता हो।

रूप रसाईली

रूप रसाईली

तर जति अरू दिनमा रौनकताका साथ गर्जिन्थे आज थिएन शायद चुनौतिले चिमोटिरहेको थियो वा घरबाट भर्खर फर्केकाले नीदहरू अपूरा थिए ईश्वर सरका। समग्रमा सुरुवातले चिल्लो पातको संकेत दिएको थियो। इश्वर शाही अन्य मासिक वाचन डबलीमा पनि रूचाइने हुन् आज पनि रूचाइए।

कार्यक्रम श्यामराज सरले चलाउनु भएको थियो। गजल वाचन पछि गजलकारको परिचय दिने तरिका नौलो वा नयाँ लाग्यो तर सान्दर्भिक भने नहुने रैछ। सम्पूर्ण परिचय दिएर मञ्चमा निम्ता गरे जस्तो नहुने।

मणि पौडेल सरको पालो आयो, वहाँ बढ्ता रमाइलो गर्नु हुन्छ। वहाँका गजल सधैं दमदार हुन्छन् आज पनि थिए। इमान्दारिताका साथ भन्ने हो भने यो भन्दा अगाडिको रचना वाचन भन्दा यो बढि नै सभ्य र शालिन थियो यो मानेमा यो वाचन श्रृंखला वहाँलाइ फापेको हो।

जो आउँछन् माटो बिरुद्ध हुन्छन्
यो देशले सरकार थाम्न गाह्रो छ ।
– टीका खड्का ‘राष्ट्रप्रेमी’

मैले सम्झिरहने यौटा मान्छे जो दोहाको रचना वाचन कार्यक्रम र म बीच लमि बनिदिनु हुने र यो कार्यक्रममा पुगेको तमाम कुरा लेखिरहन साध्य बनाउने मान्छे हुन् गजलकार टीका खड्का राष्ट्रप्रेमी।

इश्वर शाहीका कताकति स्वतन्त्र लयका गजल र मणी सरको प्राय सोह्रको लयको गजल सुनिरहेको हामी, बहरका गजलमा टीका सरलाइ पायौं, । वहाँ मजाले लय भर्ने मान्छे वाचन कला पनि उत्तिकै दम्दार छ वहाँको गायन र वाचन भो । मैले भनिरहन नपर्ला बहरमा लेख्न गाह्रो मान्ने र भाव खुल्दैन भन्नेलाइ टीका सर नै उत्तरको नाम हो। मुहारमा एक किसिमको रौनकता थिएन शायद चुनौति शब्द बारबार दोहऱ्याएर हो कि तर राष्ट्रप्रेम ओकली रहंदा जंगिनु भएको थियो जंगलमा जस्तै सेर जस्तै। वाचन कला राम्रो भईकन पनि हाउभाउ कम थियो शरीर बाँध्नु भएकाले सबैलाइ बाँधीरहनु भएको थियो श्रोता कै स्थानमा, यो वहाँको सफलता नै हो आफू बाँधिनु बाहेक।

प्राय छन्दमा लेख्ने अझ देश प्रेम, गजलकारलाइ माया गर्ने र साहित्यलाइ जीवनको अभिन्न अंगको रूपमा पृथक काम लिएर हिंडेका एक गजलकार हुन् दिप मिलन । चुनौतीमा चुनौती मोल्न रूचाए। उनले पाँचै गजल बहरमा, अझ तरन्नुममा गाएर सुनाए अन्तमा त मेरै नाम पनि कताकति मिसाए। आफ्नो प्रशंशा पाउँदा छाति फुल्दोरहेछ। तर मैले खुलेर भन्नु पर्दा पाँचै गजल बहर, सबै तरन्नुम र शब्द भाव उतिकै गहिरा हुँदा हुँदै पनि कम वाह! वाह! भयो, स्वयम् आफू पनि अल्मलिइरहे वाचनमा। मेरो विचारमा दुइ गजल तरन्नुममा र तीन गजल वाचन गरेको भए सम्म दर्शक श्रोता तात्थे। माहोल तताउनेको हो हामी कुनै रात्री प्रहरमा थिएनौ । वहाँको तरन्नुममा गजल गाइरहँदा मीठो स्वर र गजलमा सबै डुबेका थिए भन्ने आभाष चै गरेको हुँ।

लाग्छ छानिएका गजलकार मध्ये पाको उमेरका थिए प्रेमप्रसाद भट्टराई दाइ । वहाँको हँसिलो मुहार नै काफी लाग्ने सेर थियो। प्रेम दाइका गहिरा भावका गजल श्रृंहारिक गजल र गायनले माहोल भव्य तताएको हो । पाँचौ गजलको मक्ता को उला वाचन गरिरहँदा उत्सुक्ता र वाह! वाही थियो हलभरी, मैले पनि हात उठाएरै चिच्याएको हुँ तर सानीले यसरी बिट मार्यो नि कसरी भनुँ शब्द छैन। उक्त सेरलाइ मैले नाम दिएको हुँ “सिसा सेर” र कार्यक्रमलाइ वहाँकै सेर समीप रहेर नामाकरण गरे “सिसा गजल”। भव्य तताउनु भयो मेहफिल तर दुइवटा सेरमा गुनासो झुन्डाएँ। वहाँको भविष्यवाणी माथि पनि। साहित्यमा पुरस्कारको वा सम्मानको अपेक्षा नराखिएर यो त अरूको मुल्यांकनबाट सम्मान दिइने हो किनकि साहित्य आँफैमा प्रतियोगीता हैन। तर दाइलाइ अग्रिम बधाइ निरन्तर साधनाले साहित्ययुगमा हजूरको नाम रहिरहनेछ। र अबका दिनमा यो काम यसैको हो र यसैले गर्नु पर्छ भन्ने छैन सके जसले जे गर्दा पनि हुन्छ। मेरो गुनासो यी नै दुइ सेर संग थिए। समग्रमा अरू चारका भन्दा भयंकर जमेको हो दाइको पालो।

बा को चिन्ता ! अभावमै बित्ने भयो जीवन यसै
खेत बेची पढ्या छोरो डिग्री सक्यो बेरोजगार छ
– लेख कार्की

कार्यक्रमको अन्तिम आकर्षणको रूपमा वा मकता गजलकार लेख कार्की थिए र तमाम हामी पर्खिएका थियौं वहाँलाइ। भव्य वाचन शैली र गायन, गजलको भाव … वाह! यार लेख क्या गजल लेख्छौ …र त गाएँ संगसंगै हातहल्लाइ हल्लाइ। सकेकै हुन् सञ्चालकले छान्न लेखलाइ अन्तिममा पार्न। सुटुक्क नभनेको कहाँ हो र लेख कार्की अन्तिममा है भनेर। लेख कार्कीले उधुम मच्चाए। हरेक सेर लयात्मक गजलहरू मध्ये शायद एक थियो क्यारे बहरे जुन कुनै एक पुस्तकमा समेत एक्लो बहरको रूपमा परिचित गजल। सबैको रगतमा गजल भरिदिए। अन्तिमसम्म दर्शक यथास्थानमा राख्न यी गजलकारको भूमिका भव्य थियो।

कतारमा जो कोही कलम चलाउने सर्जकको श्रेय प्रिय दाइ तिर्था संगम राईलाई जान्छ अभिभावक हुन् दोहाका, वहाँसंग जोडिएर बीच बीचमा रमाइलो प्रसंग पनि जोडिए। यसको अर्थ हो अभिभावक भईकन पनि स-साना भाइहरूसंग पनि कति सरल व्यवहार रहेछ भन्ने। म भाग्यमानी ! दाइ आफ्नो ठाउँबाट उठेर म नजिकै आउनु भएको थियो लुइँटेल निरजन नजरानी र दाइसंग गजलकारले वाचन गरिरहेका गजल सेरहरू राम्रो, यस्तो, यस्तो हुनु पर्ने भनेर मैले गफ छाँटिरहे। वहाँले पनि मुन्टो हल्लाइरहनु भयो सहमतीको।

भोलि भेट्ने वाचा गरेको विजय याेजित भाइले धोका दिएछन्। वाचा गर्नेहरूले काम पुरा गर्दैनन् भनेर रिस पोखुँ भने पनि प्रवास हो यहाँ काम गर्न आएको काम ठुलो हो। हामी त साहित्य अनुरागी न हौँ। बाध्यताले हामी कयौं युवा जहान परिवार छोडेर आएका छौं। त्यस्तै यस्तै बुझे वहाँको वाध्यताका सवालमा पनि।

शायद पुरापुर श्रोताहरू अन्तिम सम्म रहेको यो पहिलो कार्यक्रम हो कि मेरो ठम्याइ। विगतका भन्दा पृथक वाह! र ऐतिहासिक कार्यक्रम सम्पन्न भयो दोहामा।

कार्यक्रमको बीट मार्दै विशिष्ट श्रोताले पनि मुख फोर्नु भो वहाँले फोरेको मुख यो कानले सिलाउन पाओस् चाँडै पर्खाइमा, साथै बधाइ छ लेख सरलाइ।

कार्यक्रमबाट निक्ले पछि अगाडि पार्कमा जम्मा भयौं। श्यामसरसंग विविध गफ गरिरहेको म इश्वर सर अनन्द सर भोला आचार्य फुच्चे सर कमल बिएन सरसंग गफ गर्दै रमाइलो मान्दै हुइकियौँ सनैया ४१।