आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

म हरेक रातको सपनीमा छोरी पाउँछु

परदेशी खबर २० कार्तिक २०७३, शनिबार १०:३३ मा प्रकाशित ( ७ साल अघि) ३१२ पाठक संख्या

img_7412

जानु काम्बांग लिङ्ग्देन(करुणा ), अक्सफोर्ड बेलायत।

नजान्ने हुनाले लेख्ने कुरो पनि तेती पाउदिन थिएँ। तर उहाँले भने मजाले दिनभरको कुरोहरु लेखेर हामी सबैको नाम लेखि बलि रहेको दियोको तस्बिर बनाउनु हुन्थ्यो l मलाई हेर्ने अनुमति थिएँन। मतलम अरुको डाईरी पढ्न पाप हो भन्ने मेरो आफनै नियम थियो l तर एकदिन सारै हेर्न मन लागेकोले उहाँ अफिसमा रहेको समय बनाएर खुरु खुरु हेरें। उहाँले म र छोरा प्रति गरेको मायालाई शब्दमा उतारेको देखेर म त्यसै त्यसै भाबुक भएँ l पिडालुको पातले सितको थोपा लुकाउन नसकी जमिनमै पोखाए झैँ,खुसीको दुई थोपा आशु मैले पनि पोखाएँl लेखिएको थियो मेरो छोरा र छोरीलाई यो धर्ति मा सफल अवतरण गर्ने ममतामयी मम्मीलाई हृदय देखि धन्यबाद l रुँदै मेरो हजुर बुवालाई सम्झें चाडबाडमा टिका लाएर दिएको भाग्यमानी हुनु कहिले नरुनु आशु झरे पनि त्यो खुशीको होस् ,,,,,,, हजुर बुवाको यो २ शब्द मेरो सानो संसार सृजनामा ठुलो उर्जा दिन्थ्यो l

अफिसबाट उहाँ चाडै आउनु हुन्थ्यो ,, चाडै खाना खाएर एकछिन आगनमा टहल्ने क्रम नियमित हुन्थ्यो त्यो दिन पनि निस्क्यौ ,,,,,, खाना पछि मलाई कस्तो कस्तो नमिठो लाग्दै थियो तर म उहालाई पिर पर्छ भनेर सानो तिनो कुरो लुकाउने गर्थें। फेरी लुकाएँ केहि नभए झैँ गरि एकछिन हिडे ,,,, तर सकिन सक्दै सकिन अनि घर भित्र पसे पिसाब लागे झैँ भो l पाईखाना गए ,छोरो बोकेर भित्र पस्दै सोध्नु भो लक्ष्मी ? लक्ष्मी ? के भो संन्च भएन कि कसो ?

नबोलेरै जवाफ दिए उहाले बुझ्नु भएछ हस्पिटल फोन गर्न लाग्नु भो छोरो मेरो निधार छाम्दै तोते बोलीमा मामु ते भो भन्दै थियो ,,,,,, दुखाई थाम्ने असफल प्रयास गर्दा गर्दै म भक्कानिए l डक्टर आउन ढिलो गरेकोले आफै बोकेर कारमा चढाई क्लिनिक पुर्याउनु भो l
भोलि पल्ट म हस्पिटल को सैयामा थिएँ। म त्यहाँ पुगेको पनि सपना जस्तो मात्र थाहा थियो। त्यस पछि के के भो केहि थाहा भएन , हत्त न पत्त पेट छामे केहि थिएन म तर्सिए ,, मलाई हेरेर सबै रुन थाले। म पागल झैँ सबैलाई हेर्दै हास्न लागे भन्दै थिए मेरो हजुर आमाको भाग ..भाग सम्झिरहेकी थिए l म यमराजसंग लड्न लागे सबै नानीहरु बचाउनु चाहे ,,, तर म हारे मैले मुद्दा हारे एकोहोरो कराउन लागे सबै अतालेर रुनु लागे घरबाट आमा आउनु भएको रहेछ। मलाई अगालो हालेर रुनु लाग्नु भो, बल्ल पो म रोएँ। एउटी आमालाई रुवाउन अर्को आमा नै चाहिँदो रहेछ l त्यहाँ मलाई केहि भनिएन तर मैले थाहा पाईसकेकी थिए मेरो नानी नरहेको ,,, मैले सपना मै छोरी गुमाई सकेकी थिएँ l सपना भन्दा बिपना बलियो हुन्छ भन्छन्। तर मेरो छोरीले सपना मै पहिले मर्नु परेको थियो | मेरो संसार सपनाले लुटेको थियो। सपना सामु विपनाले हार्नु पर्यो। यो नै मेरो जिन्दगीको सब भन्दा ठूलो हार थियो |

केहि दिन हस्पिटल बसाई पछि मैले थाहा पाए अब फेरी कहिले आमा बन्न नसक्ने भएको रहेछु | पिर पर्छ भनेर मेरो रिपोर्ट लुकाईएको रहेछ l मेरो ओभरीमा सिस्ट पनि भएकोले एउटा सल्यक्रिया गरी फालिसकेको रहेछ। मलाई सबैसंग चित्त पनि दुख्यो | लाग्यो के बेहोसीमै अर्काको बेमन्जुरी उसको अंग काट्न पाईन्छ ? फेरी सोचे मेरो छोरी त बाचेन भने त्यो नाथे अंग को के काम भन्दै चित्त बुझाए छेउमा छोरो थियो,छोरो लाई बोलाएर सोधे नानी बहिनी मन पर्छ ? अ .. मन पर्छ , छोरो को यस्तो उतरले मेरो ममतामयी छाती बेसरी निचोरिएर दुख्यो ,मेरो मातृत्वको मरुभूमिको काकाकुल झैँ भो | छोरो अहिले पनि बहिनी मन पर्छ भन्छ। म हरेक रातको सपनीमा छोरी पाउछु , उहाले आफ्नो डाईरीबाट छोरीको स्थान र नाम हटाउनु भो |
समाप्त

प्रकाशित मिति: नोभेम्बर ५, २०१६