आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

रक्तदानमा सहभागिहरूलाइ यातायातको नि:शुल्क सुबिधा उपलब्ध

परदेशी खबर ९ जेष्ठ २०७३, आईतवार १६:५३ मा प्रकाशित ( ७ साल अघि) २८२ पाठक संख्या

image

मे २२ कुवेत- रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान चौंथो कार्यक्रम स्वरुप आगामी २७ मे २०१६ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा जान आउनको लागि निशुल्क यातायातको ब्याबस्था गरेको छ ।
“रक्तदान नै जिबनदान हो” भन्ने मुल मन्त्रका साथ तमु समाज कुवेतले आयोजना गरेको कार्यक्रम तमु समाज कुवेत मात्र नभएर सम्पूर्ण कुबेतवासी नेपालीहरुको रहेका कुरा समाज को अध्यक्ष खोप बहादुर गुरुङले मिडिया मार्फत जानकारी गराउनु भएको छ । यस रक्तदान कार्यक्रम लाई सभ्य र भब्य पार्नको निम्ति बिशेष सहयोगीहरुले सहयोग गर्ने भएको छ ।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु

मुख्य प्रायोजक :TVS कर्गो Cargo
1.बिष्नु परियार (सभापति जन सम्पर्क मन्च कुवेत )
2.गणेश राउत (अध्यक्ष मध्यपश्चिम सेवा समाज कुवेत )
3.अमृत गुरुङ (सल्लाहकार तमु समाज कुवेत )
4.मोहन गुरुङ ,प्रेम (सल्लाहकार तमु समाज कुवेत )
5.बिरमाया गुरुङ (सल्लाहकार तमु समाज कुवेत )
6.देबि गुरुङ (सल्लाहकार तमु समाज कुवेत )
7.सुमन गुरुङ (सल्लाहकार तमु समाज कुवेत )
8.डेनि गुरुङ (सदस्य तथा कलाकार तमु समाज कुवेत )
9.होमनाथ गिरि (म्यानेजर अल अमना सिक्युरिटी ग्रुप )
10.हिमाल रेस्टुरेन्ट जलिब

11.तारा गुरुङ (सदस्य तमु समाज कुवेत )

सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुवेतले सार्वजनिकरुपमा अनुरोध गरेको छ ।

आउदो शुक्रबार (२७ मे २०१६) तमू समाज, कुवेत द्वारा आयोजित चौथो रक्तदान कार्यक्रममा जान आउन नि:शुल्क यातायातको ब्याबस्था निम्न स्थान र समयबाट गरिएको हुँदा ईच्छुक रक्तदाताहरुलाई उल्लेखित ब्याक्तीहरुसँग संपर्क गरी लाभ लिन हुन अनुरोध गर्दछौ ।

image

मिति : २७ मे २०१६, शुक्रबार

समय : दिनको ठिक ००:१२ बजे

स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत

आयोजना : तमु समाज कुवेतको पहलमा