आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

वैदेशिक रोजगारीले पारीवारिक विचलन ल्यायो : मन्त्री गुरुङ

परदेशी खबर १३ आश्विन २०७३, बिहीबार २२:५७ मा प्रकाशित ( ७ साल अघि) १५४ पाठक संख्या

suryaman-gurung-768x460

सेप्टेम्बर २९,काठमाडौ ।श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारीले नेपाली समाजमा श्रम शोषण र पारीवारिक विचलन ल्याएको बताउनुभएको छ । बिहीबार पाँचथरको फिदिममा आयोजित एक कार्यक्रममा उहाँले वैदेशिक रोजगारीले श्रम शोषण र पारीवारिक विचलन ल्याएको भन्दै त्यसको निराकरणका लागि आफू लागि परेको बताउनुभयो ।

उहाँले जुनसुकै हालतमा भए पनि संविधान कार्यान्वयन गराएरै छाड्नेसमेत बताउनुभएको छ । गुरुङले संविधान कार्यान्वयन गराउनका लागि बर्तमान सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षि दल नेकपा एमाले पनि पछिल्लो समयमा संविधान संशोधनको पक्षमा लचक हुँदै आएको भन्दै गुरुङले असन्तुष्ट पक्षको जाहेज मागलाई सम्बोधन गर्न संविधान संशोधन गरिने बताउनुभयो । बर्तमान सरकाले संविधान कार्यान्यनलाई पहिलो प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले चुनाव गराउने पक्षमा सबै राजनीतिक दलहरु सकारात्मक बन्दै गएकोले चुनाव हुनेमा शंका नर्गन अनुरोध गर्नुभयो । साभार उज्यालो अन्लाईन