आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

श्रेष्ठलाई अध्यक्ष चयन गर्दै रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न

परदेशी खबर १३ भाद्र २०७३, सोमबार ०४:१३ मा प्रकाशित ( ७ साल अघि) २१८ पाठक संख्या

14194197_840297472772460_1198582427_nअगष्ट २९, टोकियो – रामेछाप रामपुरका उत्तम श्रेष्ठलाई सर्व सहमती अध्यक्षमा चयन गर्दै रामेछाप समाज जापानको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न छ ।

हिजो टोकियोमा विभिन्न पेशा ,ब्यवसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछपेलीहरुको साझा संस्था रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

प्रथम अधिवेशनबाट उत्तम श्रेष्ठलाई सर्वसहमती अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षहरुमा रिजन लामा , सोम बहादुर लामा, टासी लामा , मनोज थिङ ,महासचिबमा शिक्षा शान्ती वाइबा ,सचिबहरुमा जानुका श्रेष्ठ , शशिकला मोक्तान , कोषाध्यक्षमा पुर्णसिङ लामा ,सदस्यहरुमा नबिन बस्नेत ,तेज लामा ,प्रकाश श्रेष्ठ , बिनुका खड्का , यज्ञ राज श्रेष्ठ , बाल कृष्ण श्रेष्ठ चयन भएका छन् भने संस्थाको संरक्ष्कमा सोम शेर्पा र सल्लाहकारहरुमा निकेश श्रेष्ठ , पशु बस्नेत , कर्मा लामा , सुरेन्द्र श्रेष्ठ , शान्त पहरी, चन्द्र मान लामा रहेका छन ।

14182283_840297662772441_172169623_n
कार्यक्रमले रामेछापको विकासमा सकिने सहयोग गर्ने र जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने समेत छलफल भएको छ । एनआरएनए जापानका सचिव बुद्दीराज घिमिरेको प्रमुख आतिथ्यतामा ,जापानमा नेपालीहरुको अगुवा रामेछापेका सोनाम शेर्पाको विशेष आतिथ्यतामा सम्पन्न सो भेलामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष् तिलक मल्ल, प्रवासी नेपाली मन्च जापानका अध्यक्ष कृष्ण खडका ,तामान समाजका अध्यक्ष कर्मा वाला, जनजाति पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, गल्कोट समाजका अध्यक्ष् नर बहादुर थापा लगाएत विभिन्न संघसंस्थामा आबद्ध अग्रजहरुको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । रामेछापका चर्चित राष्ट्रिय गायक प्रकाश कटुवाललाई सोहि कार्यक्रममा स्वागत सहित सम्मान गरेको थियो । गायक कटुवाल एक साताको लागि तिज सांस्कृतिक कार्यक्रमको लागि जापान आउनु भएको थियो ।