आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

साउदी अरबमा तमु धि जेद्दा द्वारा देउसी भैलो कार्यक्रम सम्पन्न

परदेशी खबर २२ कार्तिक २०७३, सोमबार ०५:३२ मा प्रकाशित ( ७ साल अघि) ३९५ पाठक संख्या

received_1280302302022309सुरज गुरुङ/ नोभेम्बर ७, साउदी अरब। साउदी अरबको जेद्दामा तमु धि जेद्दाको आयोजनामा २०७३ भब्य देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री बुद्धि तमु ज्यु को सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो।

जेद्दाका महावाणिज्यदूत माननीय श्री रेवती रमण पौडेल ज्युको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंगठनका पदाधिकारीहरु र बुद्धिजीवी तथा अग्रज बर्गहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रम महावाणिज्यदूत द्वारा तिहार विशेष छोटो मन्तव्य लगत्तै देउसी भैलो कार्यक्रम सुरु भएको थियो। स्थानीय कलाकार धन ब. तमु, खेम तमु, सिम्रन मगर्नी, शान्ती लामा, पुजा, गणेश तमु को बेजोड प्रस्तुतिले माहोल निकै रमाइलो बनाएको थियो भने जेद्दामा रहनु हुने नेपाली चेलीबेटीहरु द्वारा सेल रोटी र अचारको स्वाद चखाउँदै नेपालमै रहेको आभास दिलाइएको थियो। received_1280302522022287

देउसि भैलो कार्यक्रममा ४५६० रियल अथवा नेपाली एक लाख तीस हजार दान संकलन भएको थियो। उक्त रकम समाजिक सेवा र नजिकिंदै गरेको गुरुङहरुको बिशाल पर्व ल्होसारमा खर्च गर्ने संस्थाले निर्णय गरेको छ।
कार्यक्रम संस्थाका महासचिव सुरज तमु द्वारा संचालन गरिएको थियो।