आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

हमालद्वारा अभिनित “यो मायाको लास्टै मिठो बोली” म्युजिक भिडियोको छायांकन कुवेतमा सम्पन्न

परदेशी खबर २९ आश्विन २०७३, शनिबार १८:५८ मा प्रकाशित ( ७ साल अघि) १७८ पाठक संख्या

received_10154814343657334

 

 

आकाश शेर्पा/अक्टोबर १५,कुवेत । रोजगारीको लागि कुवेतमा रहेका नवोदित गायक तथा कलाकार रुपेन हमालको स्वरमा रहेको गित “यो मायाको लास्टै मीठो बोली” बोलमा रहेको गितको म्युजिक भिडियो छायांकन कुवेतमा १५ अक्टोबरका दिन सम्पन्न भएको छ ।

रमेश थापाको संगीत र प्रबिण श्रेष्ठको एरेन्जरमा तयार पारिएको उक्त गित जतिन श्रेष्ठद्वारा रचिएको रोमान्टिक लोकपप रहेको छन् साथमा स्वर रुपेन हमालले दिएको हो भने गितको म्युजिक भिडियोलाई कुवेतमा चर्चित रहेको छायांकार प्रेम जिमिले पहिलो निर्देशन गरेको छ ।

received_10154814345547334

कुवेतको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा स्वयं गायक हमालको साथमा कोसेलीका फोटो पत्रकार राधिका भट्टराईले अभिनय गरेको छ ।

परदेशी खबरको भेट्मा गायक हमालले भने “आफ्नो गित संगीतको सानै देखिको अभिरुचि र इच्छालाई आज आफ्नै स्वर दिएर गित मार्फत इच्छा पूरा गरेको बताएका छन् ” ।

रोजगारीको लागि कुवेतमा रहेर पनि इच्छा भएमा पूरा गर्न सकिने रहेछ भन्ने उदाहरण दिँदै हमालले छिट्टै भिडियो सार्वजनिक गर्ने बताए ।

received_10154814344707334

विशेष कुवेतमा रहेको लुम्बिनी समाजमा सक्रिय भएर लुम्बिनी बिकास र प्रबर्द्धनमा लागि रहेको हमाल सामाजिक सेवामा पनि सक्रिय छन् । कला र सिर्जनालाई सधैं माया गर्ने हमाल नेपालको विभिन्न साँस्कृतिक संस्थासँग सम्बन्धित व्यक्तित्वहरुलाई पनि बाध्यावादन सहयोग गरिसकेको छ ।

परदेशी खबरसँगको कुराकानीमा मन्जित राई लगायत बिजु सेन,युवराज शाही,विशाल पुन लगायत सबैलाई अभिनमा साथ दिनु भएको लागि धेरै धेरै धन्यवाद दिए । अझै पनि कोहि संगीत सम्बन्धि सहयोग चाहिएको खण्डमा उहाँ सहयोगको लागि हरदम तत्पर रहने बताउनु भएको छ।

received_10154814344387334