आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

२२औं विश्व आदिवासी दिवस यूएईको तयारी पुरा, सांस्कृतिक झाँकीसहित भब्य रुपमा आयोजना हुने

परदेशी खबर ७ भाद्र २०७३, मंगलवार ०९:५० मा प्रकाशित ( ७ साल अघि) ३०४ पाठक संख्या

image
माया लोप्चन तामाङ, साईप्रस

अगष्ट २३, नेपाल आदिवासी जनजाती महासंघ यूएईले “आदिवासी जनजातीको शान !, स्वाभिमान !, आत्मा सम्मान ! र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ अगष्ट २६ मा डेरा दुवईको काल्टर्न टावर होटलमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकद्वारा जानकारी दिईएको छ ।

कार्यक्रम संयोजक सुरेन्द्र थिङका अनुसार- ११ जातीय संघ संस्था आबद्ध यस महासंघमा एघारै जातीहरुको जातीय परिचय, विभिन्न किसिमको पहिचानी सांस्कृतिक झाँकी प्रस्तुति, विभिन्न भेष-भूषा, खाद्य परिकार, पुस्तक पत्रिका, हातहतियार, गरगहना र बाध्यवादन प्रदर्शनीमा हुने छन् ।

यूएईका लागी नेपाली कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनको प्रमुख अातिथ्यतामा सम्पन्न हुने यस कार्यक्रममा एघारै जातीय संस्थाबाट एक नारी र एक पुरुष गरी २२ जना विभिन्न क्षेत्रमा संगठमा योगदान पुर्याउने व्यक्तिहरू सम्मानित हुने छन् । स्थानिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति यस कार्यक्रमको फरक विशेषता रहने छ ।
आशा फाउणडेशन नेपालको प्रमुख प्रायोजनमा सम्पन्न हुने यस कार्यक्रमको लागि यूएई अन्तर्गतका सात वटै राज्यहरूबाट सहभागी हुनेहरूलाई निःशुल्क यातायात सुविधाको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका सांस्कृतिक संयोजक विजय लक्ष्मी राईका अनुसार विगत लामो समय देखि यूएइमा ख्याति कमाउदै अाउनु हुने स्थानिय कलाकारहरूद्वारा कार्यक्रममा सहभागिहरूले संगीत, नृत्य तथा हाँस्याकलाहरूद्वारा मनोरञ्जन लिन सक्ने छन्।

अपरान्ह १ बजे देखी सुरु हुने यस कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन उल्लेख्य मात्रामा स्वयं सेवकहरूको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको सभापति महासंघका वर्तमान अध्यक्ष डेरराज गुरूङ हुनेछन्। अतिथीहरुमा यूएई अन्तर्गत पहिचानमा रहेका तमाम आदिवासी र गैर आदिवासी नेपाली संघ संस्थाहरूको प्रतिनिधी र पत्रकारहरू रहनु हुने छ । महासंघका वर्तमान महासचिव शुत्रमणि राईद्वारा कार्यक्रमको सञ्चालन हुने छ।

कार्यक्रमका सहप्रायोजकहरूमा- अस्टोरिय होटल बरदुवई, हिमालयन वर्ल्ड ट्राभल्स एलएलसी, अहलिया हस्पिटल हम्दान अबुधावी, सञ्जय गार्मेन्टस बरदुवई, जेडिअार रियल स्टेट ब्रोकरेज, फिस्टेल ट्राभल्स एन्ड टुर्स बरदुवई, नमस्ते ट्राभल्स एन्ड टुर्स बरदुवई, एभरेस्ट रेस्टुरेन्ट बरदुवई, सिटिलाइफ ट्राभल्स एन्ड टुरिजम बरदुवई, लाङघाली ट्रस्ट अादी रहेका छन्।

आबद्द संस्थाहरु :-
नेपाल मगर संघ युएई
तामाङ समाज युएई
किराँत राई यायोक्खा, युएई
तमु समाज युएई,
किराँत याक्थुङ चुम्लुङ युएई
नेवा पुच युएई
शेर्पा किदुक युएई
प्रवासी थारु समाज युएई
प्रवासी भुजेल सेवा समाज युएई
प्रवासी माझी समाज युएई
सुनुवार सेवा समाज युएई

कार्यक्रम हुने:
मिति : अगष्ट २६, २०१६
स्थान : कार्लटन टावर होटल, डेरा दुवई
समय : अपरान्ह १ बजे