आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

कुवेतमा लागू औषधका साथ २ नेपाली सहित २५ जना पक्राउ

परदेशी खबर १८ बैशाख २०७३, शनिबार १८:२५ मा प्रकाशित ( ८ साल अघि) ३९३ पाठक संख्या

नैनकला राई, कुवेत,

timthumb

अप्रिल ३० – कुवेतमा गाजा, भाङ धतुरो र जस्ता विभिन्न प्रकारका लागू औषधका साथ २ नेपाली सहित २५ जना आप्रबासीहरु पक्राउ परेको छ l जस मध्य ७ मिश्री, ६ भारतीय, तिन बेदुन (कुवेतका स्थानीयबासि तर नागरिकता नपाइसकेका) एक जोर्दानियाँ, एक श्रीलङ्कान, एक बङ्लादेशी, एक प्यालेस्टाइन र एक फिलिपिनी पक्राउ परेको खबर स्थानीय अनलाइन कुवेत टाइम्सले गत अप्रिल २८ तारिकमा प्रकाशन गरेको छ l

गत २९ अप्रिल २०१६का दिन पनि ठुलो परिमाणमा घरायेसी मदिराको बिक्रि वितरणमा संलग्न ३ महिला सहित ६ जना नेपाली पक्राउ परेको खबर स्थानीय अनलाइनमा प्रकाशित भएको थियो l श्रोतका अनुसार गिरोहको पक्राउ गर्नको लागि केहि दिन यता पिछा गर्दै अहमादी सेक्युरिटी डाइरेक्टर बिग्रेडियर अब्दुल्लाह साफको नेतृत्वोमा छपा मारेर ४ वटा मदिरा उत्पादन गर्ने मेसिन सहित ५१८ बोतल र २०४ ब्यारल तयारी मदिरा बरामद गरेको थियो l

madiraगत डिसेम्बर २०१५ देखि धरपकड अभियान सुरु भए यता कुवेतमा नेपालीहरु सहित विभिन्न मुलुकका आप्रबासिहरु गैर कानुनीरुपमा नकारात्मक कृयाकलापमा संलग्न भएकाहरु दिनहु रंगे हात् पक्राउ पर्दै आएको स्थानीय अनलाइनमा प्रकाशित हुदै आइरहेको छ l दिनहु पक्राउ पर्नेहरुमा नेपालीहरु पनि परेकोले नेपाल जस्तो देशका लागि विदेशको अर्थतन्त्रले धानेको देशलाई वैदेशिक रोजगारीका लागि नेपालीहरुको एक राम्रो गन्तब्य कुवेतमा नेपाल र नेपालीहरुको लागि ढोका बन्द हुन सक्ने खतराको घन्टी बजेको आभाष गर्दै बेलैमा सबै सचेत हुन जरुरि छ l