आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

रुद्रको जिवन बचाउन सहयोगको अपिल

परदेशी खबर २२ बैशाख २०७३, बुधबार १९:०३ मा प्रकाशित ( ८ साल अघि) ३७४ पाठक संख्या

नैनकला राई, कुवेत,

13162006_1077950895612655_52941356_n

मे ४ – सोलुखुम्बु जिल्ला छेस्काम ग.बि.स वडा नॉ ८ निवासी २४ बर्षका बिधार्थी रुद्र कुलुङ राई एप्लास्टि एनेमिया मेरुदण्ड भित्रको माशी (Aplastic Anemia/ Bone Marrow) जस्ता गम्भीर रोगका कारण मृत्यु संग लडिरहेको र उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले सहयोगका लागि अपिल गरेको छ l

रुद्र आफु बिद्यार्थी अवस्थामै रहेको र परिवारमा आय श्रोत केहि नभएकोले उपचार खर्च जुटाउनको लागि दाताहरुसंग अपिल गरेपश्चात समाजसेवी अनिता तम्बुछा राईको नेतृत्वमा एप्लास्टि एनेमिया पिडित कुलुङको बचाउको लागि रुद्र बचाउ अभियान समिति (Save Rudra Campaign) गठन गरिएको छ l अभियान समितीले बिगत 7 महिना देखी रुद्रको उपचारको लागि आर्थिक संकलनको कार्य गर्दै आएको भएता पनि रुद्रको उपचारको लागि खर्च ३५-४० लाख थप आवश्यकता परेको हुनाले समितिले कुवेतमा कृयाशील संघ संस्था एवं समाजसेवी साथै कुवेतबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल गरेको छ l

रुद्रको शरीरमा माशीको मुल रक्तसमुह( Matched Stem Cells Donor )प्रत्यरोपण गरिनुपर्ने भएकोले कुनै पनि समयमा प्रत्यारोपणको कार्य प्ररम्भ हुने र उपचारको लागि प्रारम्भमा खार्च १ करोड ५० लाख लाग्ने अनुमानित गरिएको भए तापनी अभियान समितिको पहलमा ७०-७५ लाख सम्ममा पूर्णरुमा उपचार हुन सक्ने अपेक्षा गरिएको छ जस मध्ये प्रत्यारोपण पुर्वको समयका लागि १० लाख ,प्रत्यारोपणकालमा ५० लाख र प्रत्यारोपण पश्चात १०-१५ लाख सम्म खार्च लाग्ने अनुमान रहेको छ। राईको नयाँ दिल्ली स्थित अल ईण्डियन इन्टिच्यूट अफ मेडिकल साइनस (ALLMS) मा उपचार गरेको भएता पनि उक्त इन्टिच्यूटमा प्रबिधीक कारणबाट बोन म्यारोको प्रत्यारोपण हुन नसकेकोमा अन्य निजी प्रत्यारोपण केन्द्रहरु मध्ये उप्युक्त केन्द्रमा प्रत्यारोपण कार्य सम्पन्नन गरिने योजना रहेको जानकारी समितिले दिएको छ l यस रुद्र बचाउ अभियानको लागि थप टेवा दिन कुवेतका सकृय समाजसेवीहरुलाइ कुवेतबाट पनि अधिकारीकरुपमा प्रतिनिधि चयन गरिएको छ l

कुवेतबाट राहत तथा सहयोग संकलनका प्रतिनिधिहरु

१- राजेन्द्र बिरही , फोन नं -६७७४९३६१
२- राज कुमार चाम्लिङ ,फोन नं -६०७५४४३८
३- केदार आले मगर , फोन नं – ६५१७८३६१, ६६१९७८८९

साथै नेपाल इन्भेष्टमेन्ट बैक लि धुम्बारही, काठमाण्डौ, खाता नं 02905030273336 मा सोझै सहयोग रकम जम्मा गर्न पनि सकिनेछ।

चन्द्र कुलुङ ,
संयोजक , रुद्र बचाउ अभियान समिती ,
धुम्बारही, काठमाण्डौ,फोन नं 977-1-4008548

थपजानकारी को लागि :-

अनिता ताम्बुछा , अर्थ परिचालिका , 977-9841869504-9860409284
टंक राज होडेग्लु व्यबस्थापक ,977-9808853004