आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

नुवाकोटको तलाखुमा सार्बजनिक वन अतिक्रमण गरि अवैधानिक रुपमा होटल,रिसोर्ट संचालन

परदेशी खबर २२ बैशाख २०७३, बुधबार २०:२३ मा प्रकाशित ( ८ साल अघि) २९८ पाठक संख्या

भुकम्प पीडित जनतालाई एक मुट्ठी माटो र उभिनको लागि एक इन्च जमिन दिन नसक्ने राज्यसत्ताले लाखौ पर्ने जमिन भुमाफियाले ओगट्दा मौन किन ?

(तस्बीर : शरिन ख्युङ्वा तामाङ बाट)

(तस्बीर : शरिन ख्युङ्वा तामाङ बाट)

वैशाख २२ नुवाकोट – नुवाकोटको तलाखु -१ मा भुमाफियाहरुले सार्बजनिक बन अतिक्रमण गरि अवैधानिक रुपमा होटल तथा रिसोर्ट बनाइ संचालन गरिरेका छन् ।

स्थानियहरुको विरोध पछि शिबपुरी नागार्जुन रास्ट्रिय निकुञ्जले ३५ दिने सूचना जारी गर्दै अवैध रुपमा बनाई संचालनमा रहेका होटलहरु हटाउन निर्देशन दिएको र यदि अटेर गरि बसेमा वा उक्त म्याद भित्र नहटाएमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण एन २०२९ को दफा २६(६) बमोजिम ६ महिना देखि दुई बर्ष कैद वा दस हजार सम्मको जरिवाना वा दुबै सजाय हुने ब्यबस्था बमोजिम कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने ब्यहोरा पनि सुचनामा उल्लेख गरिएको छ ।

यसरी सबैको साझा सामुदायिक बनहरु अतिक्रमण गर्दै केही भू-मफियाहरुले आफ्नो स्वार्थपूर्तिको लागि प्रयोग गरिरहेको यो पहिलो घटना भने होइन तर देशकै ठुला राजनैतिक दल,ब्यक्तिहरुबाट संरक्षण प्राप्त यस्ता घृणित ब्यक्तिहरुको पहिचान गरि समयमै कार्यबाही गर्न नसकेमा यस्ले बिकरल रुप नलेला भन्न सकिन्न ।
13128936_10208037480072375_1260716685_o 13169894_10208037479472360_1463285587_o