आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

७९ वर्षकी बृद्धा बलात्कार गरेको आरोपमा एकजना पक्राउ

परदेशी खबर २३ बैशाख २०७३, बिहीबार १६:२३ मा प्रकाशित ( ८ साल अघि) २७५ पाठक संख्या

Rape_CASE_Nepal_156965594

वैशाख २३, संखुवासभा – प्रहरीले संखुवासभा शीत्तलपाटी-६ का २२ वर्षका एकराज दर्जीलाई ७९ वर्षकी बृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

दर्जीले वैशाख १२ गते राति साढे ११ बजे ती बृद्धालाई निर्घात कुटपिट गरेर बलात्कार गरेको डिएसपी गौतमकुमार केसीले जानकारी दिनुभयो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बलात्कार भएको खबर स्थानीय बासिन्दाले दिए लगत्तै साधा पोशाकका प्रहरी परिचालन गरेर दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनायो । अदालतले १० दिनको म्याद थप गरेपछि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गएको तीन वर्षमा संखुवासभामा ३५ जनाको बलात्कार भएको डिएसपी केसीले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट