आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

खोटांग कुवेत सम्पर्क मंचद्वारा सुन्तले प्रा.बी.लाई ५१ हजार आर्थिक सहयोग

परदेशी खबर २४ बैशाख २०७३, शुक्रबार १७:५३ मा प्रकाशित ( ८ साल अघि) ४२६ पाठक संख्या

नैनकला राई, कुवेत,

13181225_10201681173947797_455764898_n (1)

मे ६ – खोटांग कुवेत संपर्क मंच कुवैत परिवारले सुन्तले प्रा.बी. सुन्तलेलाई अक्षयकोष खडा गर्नको निमित्त रु. ५१ हजार आर्थिक सहयोग गरेको छ l

“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटांगको बिभिन्न भू-भागहरुबाट आएका केहि खोटांगेहरु मिलेर एउटा नि:स्वार्थ भावना बोकेर सन् २०१० मा स्थापना गरेको खोटांग कुवेत सम्पर्क मंचले फेरि जिल्लाकै अति बिकट सुन्तले गा.बि.स.वडा नं -९ माकापुमा अवस्थित सुन्तले प्रा.बी. सुन्तलेलाई आर्थिक सहयोग प्रदान गरेको छ। मानव जीवनको चौतर्फी बिकाशको लागि शिक्षा,स्वास्थ्य, र खेलकुदले उत्तिकै महत्वपूर्ण भूमीका खेलिरहेको हुन्छ। समाजमा बिद्यमान बिभिन्न अप्ठेरा र कठिनाईहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म सहयोग गर्न पछि नपर्ने उक्त संस्थाले पटक पटक गर्दै थुप्रै सहयोग राशीहरु गृह जिल्ला तथा ग़ैर जिल्लामा पनि सहयोग गर्दै आएको कुरा सर्बाबिधितै छ।

५१,०००/- (अक्षरेपी एकाउन्न हजार) नेपाली नगद रहेको उक्त आर्थिक सहयोग आजै (०६-०५-२०१६)मा बसेको संस्थाको नियमीत भेलामा उक्त बिद्यालयको शैक्षिक सुधार तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै संस्थाका बर्तमान अध्यक्ष मन्जीत राई र सल्लाहकार रेवती भट्टराईले संस्थाकै उपाध्यक्ष केदार आले मगरको हातमा हस्तान्तरण गरेको कुरा संस्थाका उपाध्यक्ष प्रेम बं कटवालले परदेशी खबरलाई जानकारी दिएका छन् ।

उक्त राहत शंकलनका संयोजक केदार आले मगरले देश बिदेशमा छरिएर रहेका सम्पूर्ण खोटांगे तथा गैर खोटांगे सहयोगीहरुबाट आर्थिक संकलन भैरहेको साथै यहाँ कृयाशील सम्पूर्ण संघ-संस्थाहरुलाई पनि स्वईच्छाले सहयोग गरिदिनु हुन बिनम्र अनुरोध पनि गरेका छन् । उपाध्यक्ष कटवालले उक्त बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुमा केहि हदसम्म शैक्षिक स्तर माथि उठोस् साथै अध्यापनमा पनि केहि सहज र अनुकूलता हुन सकोस् भन्ने हाम्रो उद्देश्य हो भन्दै थप प्रष्ट पारेका थिए ।