आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

ट्युमर पीडित रेबिकाका लागि विभिन्न देशबाट दश लाख सहयोग, अझै रकम जुट्दै

परदेशी खबर २६ बैशाख २०७३, आईतवार ०३:४२ मा प्रकाशित ( ८ साल अघि) १८७ पाठक संख्या

41029d982b0a8223a3c7c5fbe53fcdc0

वैशाख २५, काठमाडौं – खोटाङको बाझेच्याँनडाडा ८ की रेविका राईको उपचारका लागि विभिन्न देशका कार्यरत नेपाली सहयोग जुटाउन लागिपरेका छन् ।

मुखको ट्युमरबाट पीडित १४ वार्षिय रेबिकाका लागि मलेसिया, कतार र जापानमा सहयोग जुटाउन सुरु गरेको मलेसियामा कार्यरत चिसाङ शेर्पाले जानकारी दिनुभयो । अहिले सम्म २३ हजार ८९ रुपैयाँ सहयोग संकलन भएको छ । काठमाडौं बुढानिलकण्ठमा बस्दै आएकी रेविकालाई गएको बुधबारद कुवेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्यान्ड र युएईमा कार्यरत नेपालीले १० लाख १ हजार ६ सय ७७ रुपैयाँ सहयोग गरेका छन् । पाँच वर्षको उमेरमै मुखको ट्युमर भएकी रेबिकाको परिवारले चौथोपटक भारतको कोलकतास्थित लाइफलाइन नर्सिङ होममा अपरेसन गर्न पैसाको समस्या भएपछि सहयोग गर्न आग्रह गरेको छन् । उज्यालो अनलाइबाट