आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

सिङ्गापुर समाज नेपालद्वारा रेबिकालाइ आर्थिक सहयोग हस्तान्तरण

परदेशी खबर ७ जेष्ठ २०७३, शुक्रबार ०४:५३ मा प्रकाशित ( ८ साल अघि) ३७८ पाठक संख्या

सन्देश छिलिङ राई, सिङ्गापुर,

13249418_905651169557765_1567707451_n

मे २० – जिब्रोको ट्युमर पिडित रेबिका राईलाइ “किरात सास्कृतिक मन्च” सिङ्गापुर संयोजक सन्देश छिलिङ राई लगायत सिङ्गापुर समाज नेपालद्वारा रु. ३ लाख अठार हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ l

पाँच बर्षकै सानै उमेरदेखी दीर्घकालीन रोग जिब्रोको ट्युमरबाट प्रभावित हुँदै आएकी रेबिका राईको दुई वटा समन्य अप्रेसन नेपालमै गरिसकेको भएता पनि पछिल्लो अवस्थामा रेबिका राईको जिब्रोको ट्युमर बढेर असामान्य बन्दै पूरा मुखै ढाके पछि डाक्टरहरुले सल्यक्रियाको लागि इन्डियाको कलकत्ता रिफर गरेका थिए।

राईको आफ्नो स्थाइ घर खोटाङको च्यानडाडा भइ हाल काठमाडौको बुढानिलकण्ठमा डेरा बस्दै आएकी छिन। उनका परिवार बिहान, बेलुकी दुई गास खानको लागि ज्यामी काम गरेर गुजारा चलाउदै आएका छ्न भन्ने आर्थिक हिसाबमा अत्यन्तै नाजुक अवस्था रहेको रेबिकाको परिवार र घरधनी एलिसा कार्कीले सामाजिक संजाल फेसबुकको माध्यमबाट ” रेबिका जीवन रक्षा ” अभियान अनतर्गत आर्थिक सहयोगको अपिल गरेका थिए। त्यही ” रेबिका जीवन रक्षा अभियान” लाई आत्मसात गर्दै “किरात सास्कृतिक मन्च” सिङ्गापुर संयोजक सन्देश छिलिङ राई लगायत सिङ्गापुर समाजका सम्पूर्ण सदस्य हरूको आर्थिक सहयोग बाट रु. ३ लाख अठार हजार रुपैया आर्थिक सहयोग जमम गरेका थिए।

उक्त जमम गरिएका रकम गत २८ बैशाख २०७३ का दिन राईको काठमाडौ स्थित निवास्थन बुढानिलकण्ठमै उहाँको बाबा काशीनाथ राईलाइ संयुक्तरुपमा किरात राई सांस्कृतिक मन्च सदस्य रामकुमार राई र स्थानिय समाज सेवी तेज बहादुर राई को हातबाट आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । अन्तमा स्वदेश तथा प्रबासबाट मानवीय सहयोग जुटेपछी हाल रेबिका इन्डियाको कलकत्ता हस्पिटलमा सफल सल्यक्रिया भइ सकेको छ। हाल उनको स्वास्थ्य स्थिति पनि चिन्तामुक्त र सुधार हुँदै गइरहेको राईको परिवारले जानकारी दिएका छन्