आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

तमु समाजद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न

परदेशी खबर १४ जेष्ठ २०७३, शुक्रबार १९:०० मा प्रकाशित ( ८ साल अघि) ४८८ पाठक संख्या

नैनकला राई , कुवेत,

13281853_1166142266750944_148635840_n

मे २७ – आज मे २७ शुक्रबारका दिन तमु समाज कुवेतको आयोजनामा गरिएको कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा चौथौं रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ l

आजको रक्तदान कार्यक्रममा २ पाकिस्तानी १ श्रिलंकान १ भारतीय नागरिक लगाएत जम्मा १ सय १४ जनाले रक्तदान गरेका थिए भने जस मध्ये ९८ जना पुरुष र १६ जना महिलाहरुले सहभागिता जनाएका थिए l उक्त रक्तदानमा नेपाली दुतावास कुवेतका दितिय सचिबहरु अम्विका जोशी र भोगेन्द्र लिङ्देनले पनि सहभागिता जनाएका थिए l यस रक्तदान कार्यक्रममा प्री मेडिकल चेक जाँचको क्रममा डाक्टर द्वारा तत्काल रक्तदान गर्न बेरुजु १३ जनालाइ भने आजको ३ दिन पछि रक्तदानको लागि बोलाइएको छ l

तमु समाजको अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक खोप गुरुङको अध्यक्ष्तामा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कुवेतका अध्याक्ष अर्जुन तामाङ थिए भने बिशेष अतिथिमा सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि डाक्टर मारवा हमीद, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष राजेन्द्र तामाङ र एनआरएनए मध्यपुर्ब उपसंयोजक धर्म राज गिरि रहेका थिए l

13293148_1166160376749133_919056373_n13285850_1166160380082466_2051002030_n

कार्यक्रम प्रमुख अतिथि र बिशेष अतिथिहरुको संयुक्तरुपमा रीवन काटेर उद्घाटन गरेपछि समाजका उपाध्यक्ष राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक खोप गुरुङले ‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्,’भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको जिवन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गरेको कार्यमा सहभागी हुदै सहयोग गर्नुहुने पाकिस्तानी , श्रीलंकान र भारतीय नागरिक लगाएत नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार सबैलाईलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मन्तव्यको क्रममा ब्लड बैंक कुवेतको प्रतिनिधि डाक्टर मारवा हमीदले नेपाली कामदारहरुले गरेको यस रक्तदानको उच्च मुल्यांकन गरेको बताएकी छन् भने जनजाती महासंघका अध्यक्ष राजेन्द्र तामाङले सानो ठुलो धनि गरिब भन्ने भेदभाव नराखी समानरुपमा रक्तदानको अबसर पाएकोमा गौरब गर्नु पर्ने बताए।
यस रक्तदान कार्यक्रमलाई सब्य र भब्य पार्नको लागि बिशेष सहयोगीहरुले विभिन्न कोणबाट सहयोग गरेका छन् ।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:

१,मुख्य प्रायोजक :TVS कार्गो  कुवेत
२,विष्णु परियार(सभापति जन सम्पर्क मन्च कुवेत )
गणेश राउत (अध्यक्ष मध्यपश्चिम सेवा समाज कुवेत )यातायात ट्याक्सी सौजन्य
3,होमनाथ गिरि (म्यानेजर अल अ मना सिक्युरिटी ग्रुप-समाजसेवी नेपाली समाज,कुवेत यातायात सौजन्य
४,अमृत गुरुङ (सल्लाहकार तमु समाज कुवेत )ब्यानर सौजन्य
५,मोहन गुरुङ ,प्रेम (सल्लाहकार तमु समाज कुवेत )
६,खाजा नास्त-(हिमालय नेपाली रेस्टुरेन्ट जिलीब कुवेत)
७,खाजा नास्त -डेनि गुरुङ (सदस्य तथा कलाकार तमु समाज कुवेत )

चौंथो रक्तदान कार्यक्रम लाई सब्य र भब्य गर्न को लागि समाचार प्रचार प्रचार गरी बिशेष सहयोगी पत्रकार ज्यूहरु कुबेत को अन्लाईन मिडिय:

१,कुबेत नेपाल डटकम:
२,तितो पाटी/नेपाल कुवेत डटकम:
३,परदेशी खबर डट कम:
४,हाम्रो संचार डट कम:
५,मरुभुमिको कोसेली छापा पत्रिका

फलफुल साथै जुस,पानी सौजन्य

१,बिरमाया गुरुङ (सल्लाहकार तमु समाज कुवेत )पानी सौजन्य
२,देबि गुरुङ (सल्लाहकार तमु समाज कुवेत )जुस सौजन्य
३,आक्षत गुरुङ (सुमन गुरुङ सल्लाहकार तमु समाज कुवेत छोरा बाट )फलफुल सौजन्य
४,तारा गुरुङ (सदस्य तमु समाज कुवेत )फलफुल सौजन्य
५,गणेश राउत (अध्यक्ष मध्यपश्चिम सेवा समाज कुवेत )फल फुल सौजन्य
६,भोजपुर सेवा समाज कुवेत,फलफुल सौजन्य
७,झापली समाज कुबेत को (महिला उपा अध्यक्ष मनु भटराई)पानी सौजन्य
८,यमकुमारी गुरुङ(तमु समाज कुबेत)बिस्कुट पानी सौजन्य

यातायात व्यावस्थापन:

होमनाथ गिरी,बिनोद गुरुङ,सुसिल गुरुङ,धन गुरुङ,

पर्चा, पम्प्लेट, रक्तदान सम्बन्धी ब्राउचर प्रचार/प्रसार: राजु गुरुङ, गोपाल गुरुङ, शिवराम पौडेल, सुरेश गुरुङ,नन्द घले, याम गुरुङ,

एक दम्पतीहरुद्वारा रक्तदान

राजु गुरुङ,र संगिता गुरुङ