आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’ सम्पन्न

परदेशी खबर २५ असार २०७३, शनिबार १०:२८ मा प्रकाशित ( ८ साल अघि) २४१ पाठक संख्या

नैनकला राई, कुवेत,

13650464_1193145177382795_280544885_n

 जुलाई ९ – अन्तराष्ट्रीय नेपाली कलाकार समाज, कुवेत शाखाको आयोजनामा गरिएको ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’ अन्तिम चरणको गायन प्रतियोगिता कार्यक्रम (Grand Finale) कुवेतको मुर्गाब स्थित प्यारागन होटलमा हिजो ८ जुलाईमा भब्यताको साथ सम्पन्न भएको छ l

प्रतियोगितामा १२ जनाको सहभागिता रहेकोमा पहिलो चरणर दोश्रो चरण गरि ७ जना बाहिरिएको र बाँकी ५ जनाले हिजो अन्तिम चरणको प्रतिस्पर्धा गरेका थिए l पाँचजना प्रतियोगीहरु क्रमशः हरि चन्द्र नेपाली, राजु थापा मगर, गुप्त गैरे दिनेश गुरुङ र हिमाल लामा रहेका थिए l यसै गरि निर्णायक मण्डलमा नविन श्रेष्ठ , माधब शर्मा र सुरज शाही ठकुरी रहेका थिए भने साथमा दोर्ण जङ गुरुङले पनि साथ दिएका थिए l

बि.बि. मल्ल ठकुरीको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपूर्व एनआरएन उपसंयोजक धर्म राज गिरि र विशेष अतिथिमा डम्बर गुरुङको रहेको थियो भने उक्त कार्यक्रमको  संचालन संयुक्तरुपमा अनिल रसाईली र संस्थाका सदस्य सागर खड्काले गरेका थिए l उपस्थित पाहुनाहरुलाई संस्थाका उपाध्य्क्ष सोम रसाइलीले स्वागत मन्तब्य राखेका थिए l

13652748_1193145150716131_1170310977_n

निर्धारित समय भन्दा ढिला सुरु भएको कार्यक्रम सभापति बि.बि. मल्ल ठकुरीका साथ प्रमुख अतिथि धर्म राज गिरि र बिशेष अतिथि डम्बर गुरुङ र संस्था का संरक्षक राजु थापा लगायत बिष्णु परियारले संयुक्तरुपमा दिप प्रज्वलन गरिए लगतै सिङ्गिङ स्टार २०१६’ अन्तिम चरणको पाँचैजना गायन प्रतियोगिहरुले सामुहिकरुपमा “जहाँ छन् बुद्धका आँखा” बोलको स्वागत गितको प्रस्तुतिले दर्शक स्वर्तालाई मनमोहक बनाई दिएका थिए भने त्यो गितले भाबुक पनि बनेका थिए।

दोश्रो चरणको कार्यक्रममा प्रतियोगी सहभागीहरुलाई बुदागत रुपमा गायान प्रतोयोगिताको बारेमा नियमहरु निर्णायक मण्डलको तर्फबाट माधब शर्माले प्रष्ट पार्नु भएको थियो। संस्थाले नयाँ प्रतिभाको खोजी गर्नुका साथै कुवेतमा यो पहिलो पटक (kuwait singing star) आयोजना भएको हो । सोहि अवसरमा नयाँ कलाकारलाई संस्थामा आगमन गर्दै गायिका उषा श्रेष्ठलाई आफ्नो प्रस्तुति राख्ने मौका दिएको थियो भने संस्थाका उपाध्यक्ष सोम रसाइलीले कमेडी निर्त्य गरेर दर्शकलाई पेट मिची मिची हसाएका थिए।

अन्तिम चरणमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हात पार्ने सफल हरि चन्द्र नेपाली,दृतिय  राजु थापा मगर र तृतीय स्थानमा गुप्त गैरे रहेका छन् l प्रथम स्थान चुम्न सफल हरि चन्द्र नेपालीलाई ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६ ट्रफी, प्रमाण पत्रका साथ नगद रू. ५० हजार रुपैया प्रदान गरिएको थियो भने दृतिय र तृतीयलाइ ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१६, र ‘इनास नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१६ को विशेष उपाधिका साथ र प्रमाण-पत्र प्रदान गरेका थियो l अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप प्रमाण-पत्र प्रदान गरिएको छ। कार्यक्रम सफल बनाउनको लागि प्रायोजक BEC EXchange लगाएत विभिन्न संग संस्था तथा व्याक्ति बिशेश्हरुले आर्थिक सहयोग गरेका थिए l आगन्तुकहरुलाई आयोजकले दिवा भोजको पनि ब्यबस्था गरेको थियो l

 13617604_1193145117382801_1394175227_n 13618238_1193145167382796_2112235788_n

संस्थाका अध्यक्ष बि.बि. मल्ल ठकुरीले कार्यक्रम सफल बनाउनको लागि आर्थिक, नैतिक, भौतिक सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखिनै धन्यवाद दिनु भएको छ भने आगामी दिनहरुमा कला र संस्कृति बचाउनको लागि पुर्ण रुपमा कुवेतबासी दाजुभाइ तथा दिदीबहिनीहरु बुद्धिजिबि र संघ संस्थाको ठूलो समर्थन मिल्ने छ भन्ने आशा बादी रहेको बताएका छन् l