आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

लुम्बिनी समाज नेपाल कुवेतद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग

परदेशी खबर ३० असार २०७३, बिहीबार १७:२३ मा प्रकाशित ( ८ साल अघि) ६१४ पाठक संख्या

नैनकला राई, कुवेत,

13652610_10154579564047334_1287203779_n

जुलाई १४ – लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष एच . पि खत्रीको पहलमा गरिएको आर्थिक सहयोग संकलित रकम अर्घाखाँची जिल्लाको धातिबाङमा गत बैशाखमा लागेको आगोबाट मृत्यु भएकी मखमली बि.क. का परिबारलाई आज एक कार्यक्रमका बिच समाजका महासचिव रुपेन हमालले रु.१५००० (पन्ध्र हजार ) नगद रकम मृतकका श्रीमानलाइ हस्तान्तरण गरेका छन् l

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै विभिन्न पेशामा कुवेतमा कार्यरत लुम्बिनिबासी एकढिक्का समाजमा केहि गर्ने हेतुले २०१३ मा स्थापना भए देखिने सकृय रही गरिब र असहायको घाउमा मल्हमपट्टी लगाउदै आएको छ l

फोन मार्फत परदेशी खबरसंगको कुराकानीमा बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट घर भैइ कुवेतमा रोजगारीमा रहेका हमाल दैबी दुर्घटनामा परि आमा गुमाउदा उनिहरु पढाइबाट बन्चित हुन्छन कि भन्ने पिरले लुम्बिनी समाज नेपाल कुवेतका दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलन गरेको रकम दिनको निम्ति आफु अर्घाखाँचीमा आएको बताउदै उनिहरुको पढाईको निम्ति पछि पनि सहयोग गर्ने र रकम को सदुपयोग गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रममा समाजसेवी सहयोगी बि सि, चन्द्रा गैरे , विभिन्न मिडियाका संचारकर्मी लगाएत अन्य महानुभाबहरुको उपस्थिती रहेको थियो ।

13709631_10154579571032334_697059766_o

13695886_10154579564107334_1257039496_n
एक महिना अगाडी पनि गुल्मिको बडा गाउँ मा आगलागी पीडित लाई नगदी १,४०,००० सहयोग गरिसकेको सो समाजले हिजोमात्र ३९ बर्ष सम्म असक्तरुपमा बिस्तारामा रहदै आएका यमलाल बस्याललाई १० हजार बराबरको आवश्यक लता कपडा र बिस्तारा प्रदान गरेको थियो l
यस पुण्य कार्यमा साथ् दिनुहुने सम्पूर्ण सहयोगी हातहरुलाइ लुम्बिनी समाज कुवेत धन्यवाद दिदै समाजले गर्न सक्ने सहयोगका लागि कुनै कदर नछोड्ने र आउने दिनहरुमा पनि सबैको साथको अपेक्षा गर्दै समाजको तर्फबाट महासचिव हमालले प्रतिबद्ता जनाएका छन् l