आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

नाकाबन्दीका बेला ल्याएको कुन ग्यास सिलिन्डर कहाँ साट्न पाइने ?

परदेशी खबर २ श्रावण २०७३, आईतवार ०४:०७ मा प्रकाशित ( ८ साल अघि) ३६८ पाठक संख्या

cooking_gas_948037601_794185120

साउन २, काठमाडौं – नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं बाहिरबाट ल्याएका ग्यास सिलिन्डर आइतबारदेखि काठमाडौंमै साट्न पाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघले आइतबारदेखि आउँदो शनिबारभित्र बाहिरका जिल्लाबाट ल्याएका सिलिन्डर निशुल्क साट्ने व्यवस्था गरेको हो ।संघका अनुसार शक्ति, सहारा, मेची, त्रिशक्ति र कन्काई ग्यास सिलिन्डर बल्खुमा रहेको एभरेष्ट ग्यास प्रालिमा साट्न सकिनेछ ।

यस्तै रिजालको भान्छा, कामख्य र प्रिमा सुगम ग्यास उद्योगमा, कोशी, नोबेल र जानकी ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगमा, जगदम्बा, सुुपर, लियो र अम्बर कलंकीको मनोज ग्यास उद्योगमा साट्न सकिनेछ ।

यसैगरी पेप्सीकोलाको सगरमाथा ग्यास उद्योगमा राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश र रेडियन्ट, नेपाल ग्यास उद्योग बालाजुमा नेपाली नारायणी तथा बाफलको लुम्बिनी ग्यास उद्योगमा आरती, स्वस्तिक र बुटवल ग्यास सिलिन्डर साट्न सकिनेछ ।

विभिन्न ग्यास विक्रेता तथा डिपोले सिलिन्डर साट्न अनावश्यक रकम लिइरहेको गुनासो आएपछि निशुल्क साट्ने व्यवस्था मिलाइएको संघले जनाएको छ । साभारः उज्यालो अनलाइनबाट