आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

लालीगुराँस परिवारद्धारा आयोजित बार्षिक उत्सव तथा बनभोज कार्यक्रम सम्पन्न

परदेशी खबर ८ श्रावण २०७३, शनिबार ०५:०६ मा प्रकाशित ( ८ साल अघि) ३७२ पाठक संख्या

नैनकला राई, कुवेत,

13816902_1202685629763274_252529870_n

जुलाई २३ – हिजो जुलाई २२ शुक्रबार २०१६का दिन कुवेत स्थित हिजुल कवाडको सुन्दर हलमा लालीगुराँस साँस्कृतिक परिवार नेपाल, कुवेतद्धारा छैठौं बार्षिक उत्सवको अवसरमा आयोजित बनभोज कार्यक्रम भव्यरुपले सम्पन्न भएको छ |

संस्थाका अध्यक्ष तथा लोक पप गायक डिबी लोप्चन तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि कुवेत नेपाल डट कामका प्रधान सम्पादक जय आले मगर रहेका थिए भने भने कार्यक्रम संचालक संस्थाका महासचिव प्रेम कटवाल ले गरेका थिए l अतिथिमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार र खेलाडी लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो | कार्यक्रम सभापति र प्रमुख अतिथि र बिशेष अतिथिहरुद्धारा सामुहिकरुपमा केक काटेर उद्घाटन गरेका थिए  l

कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा प्रमुख अतिथि जय आले मगरले संस्था स्थापना गर्दा गरेको योगदानको पल सम्झदै आफुले हाकिरहेको मिडिया मार्फत र व्यक्तिगतरुपमा संस्थालाई भित्रि मन देखिनै माया गर्दै आफुले भ्याए र सकेएसम्मको सहयोग गर्दै आएको र आउने दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै शुभकामना दिएका थिए| मन्तब्यकै क्रममा महिला प्रतिनिधि तथा परदेशी खबरको कार्यकारी सम्पादक नैनकला राई , कुवेत संस्कृतिक मन्चका अध्यक्ष माधव शर्मा र  संस्थापक एवं बर्तमान बरिष्ट सल्लाहकार बि बि मल्ल ठकुरीले छोटो मिठो शुभकामना मन्तब्य राखेका थिए|

“हाम्रो सांस्कृतिक हाम्रो परम्परा” भन्ने मूल नाराका साथ २०१० मा स्थापित यस संस्थाले आफ्नो नेपाली कला साँस्कृतिकको जगेर्ना गर्ने मात्र नभएर आपत बिपत र दैविक प्रकोप जस्ता भूकम्प पिडित र सुकुम्बासीहरुलाई समेत हरेक तवरको सहयोग गर्दै आइरहेको छ l

दोस्रो चरणको कार्यक्रममा संथाका सदस्य एवं स्थानीय गायक पदम रेसमी मगर र गायक सगर खड्काको सांगीतिक प्रस्तुतिले मनोरंजन दिलाएको थियो भने संस्थाका बाध्यवादन कलाकारहरुले नेपालमा लोप हुनै लागेको पन्चे बाजा घन्काई उपस्थित पाहुनाहरुलाई नेपालको झल्को दिलाउदै मनोरंजन दिएको थियो| मनोरंजन्कै क्रममा लोक गाएक एवं संस्थाका महासचिव प्रेम बहादुर कटवाल र कुवेतको नेपाली समुदायमा चिरपरिचित कमेडी म्यान सोम रसाइलीको प्रत्यक्ष दोहोरीले झन् रौनक थपिएको थियो l

कवाड हलमा घर पालुवा जनावर घोडा र मोटर बाइकको पनि उपलब्ध थियोl उपस्थित पाहुनाहरुले यसको सदुपयोग गर्दै आउट डोर घोडा चढेर र मोटर बाइक चलाउदै भरपुर मनोरंजन लिएका थिए l

कार्यक्रममा आयोजकले आगन्तुक पाहुनाहरुलाई सुरु देखिने जलपान वितरण गर्दै नेपाली परिकारको खाना उपलब्ध गराएका थिए l

निर्धारित समय भन्दा केहि ढिला सुरु भएको कार्यक्रम बेलुकी ७. ३०  बजे सम्म चलेको कार्यक्रम सभापति लोप्चनले उपस्थितभइ कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न पर्दिनु भएकोमा सबैलाई बिशेष धन्यवाद दिदै कार्यक्रम बिसर्जन गरेको थियो |

Photo By Suresh Gurung 

13819577_1202685766429927_36430818_n 13814658_1202685716429932_731822101_n 13833590_1202685706429933_449830776_o 13816973_1202695353095635_1166226439_n 13817123_1202695443095626_416142853_n