आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

नेपालमा २२ औं मुलवासी दिवस मनायो

परदेशी खबर २६ श्रावण २०७३, बुधबार ०३:४४ मा प्रकाशित ( ८ साल अघि) ५६१ पाठक संख्या

लामा भाइ, काठमाडौं,

FB_IMG_1470799429264अगस्ट १०- मंगोल नेशनल अर्गनाइजेशनले केन्द्रिय सभा कार्यलय, नयाँ बसपार्क स्थित हिजो अगस्ट ९ तारिख विश्व मुलवासी दिवस मनाएको छ ।

” २१ औं शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हो ” भन्ने मुल नाराका साथ १९८९मा स्थपित मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभा कार्यलय, काठमाडौंद्धारा २२औं विश्व मुलवासी दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको सभापति संगठनका केन्द्रीय आर्थिक बिभाग प्रमुख ठिलेन शेर्पा, प्रमुख अतिथी संगठनको केन्द्रीय सचिव बिरलाल वालाहाङ, बिशेष अतिथी मूलवासी मुक्ति मोर्चाका महासचिव चन्द्रेश्वर दास,अतिथिहरुमा उदयपुर जिल्ला अध्यक्ष मोहन मगर,सुर्खेत जिल्ला अध्यक्ष नर बहादुर दर्लामी मगर (बर्णबास),नुवाकोट जिल्ला अध्यक्ष लाक्पा स्याङतान,धादिङ जिल्ला सचिव राजेन्द्र तामाङ,काठमाण्डौ जिल्ला संयोजक कृष्ण काजी श्रेष्ठ , मंगोल म्युजिक फ्यामिलि दोलखाका मंगोल गायिका जुना थामि तथा अरूणा थामि लगायत राजधानी काठमाण्डौ आसपासका धादिङ,नुवाकोट,रसुवा,दोलखा,मकवानपुर जिल्लाका मंगोलप्रेमी महानुभावहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

सभापति, प्रमुख अतिथी र बिशेष अतिथीद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा जुना थामि तथा अरूणा थामिले “हामी मुलवासी”भन्ने बोलको गीत गाएर संगीतमाय माहोल बनाएको थियो । स्वर्गीय गोपाल गुरुङले नेपालमा रहेका जति पनि मंगोलहरु छन त्यो सबै नेपालको मुलवासीहरु हुन भन्ने हेतुले उसले दिएको त्यक तपस्या र योगदानको कदर गार्दै उनको नाममा सम्झना स्वरुप एक मिनेट मौन धारणा बसेको थियो ।

FB_IMG_1470799407461

संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङले संचालन गरेको सोही कार्यक्रममा उपस्थिति अतिथिहरु सबैले हामी विभिन्न जातीय संस्थाहरु खोलेर एक आपसमा विवाद गर्नु भन्द हामी सम्पुर्ण मंगोलहरुको एउटै उदेश्य र हामी मंगोलहरु नेपालको मुलबासी रहेको हुनाले एक जुट भएर अघि बढनु पर्ने आजको अबस्यकता देखिएको हुँदा गाउँ टोल र जिल्लाहरुमा बृहत कार्यक्रमको आयोजना गर्दै आफ्नो हक अधिकार सुनिस्चित पर्नु पर्छ भन्दै शुभकामना मन्तव्य राखेका थिए ।