आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

मिटरमा जान अटेर गर्छन् ट्याक्सी चालक, एकै दिन १०९ चालक कारबाहीमा

परदेशी खबर १५ भाद्र २०७३, बुधबार ०४:२९ मा प्रकाशित ( ८ साल अघि) १५६ पाठक संख्या

images

काठमाडौं, भदौ १५ – ट्राफिक प्रहरीले कारबाही गरिरहे पनि धेरैजसो ट्याक्सी चालकले मिटरमा जान अटेर गर्ने गरेका पाइएको छ ।

ट्राफिक प्रहरीले मंगलबार एकै दिन १०९ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ । यो एकै दिन कारबाहीमा पर्ने अहिलेसम्मकै सबैभन्दा धेरै भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस अघि दैनिक १०÷१२ जना मात्रै कारबाहीमा पर्ने गरेका थिए । ट्याक्सी मिटरमा जान नमाने ट्राफिक प्रहरीको १०३ वा प्रहरीको १०० मा तत्काल खबर गर्न महाशाखाले आग्रह पनि गरेको छ ।
चालकको गुनासो आउनासाथ सोधपुछ गर्ने र दोषी पाइए चालकलाई तत्काल कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले केही समय यता सडक लेन अनुशासन तथा ट्राफिक नियम पालना गर्न गराउन कडाइ गरेको छ ।साभारः उज्यालो अनलाइनबाट