आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

भूकम्प प्रभावितलाई अनुदान : कुन जिल्लामा कति सम्झौता ?

परदेशी खबर २० भाद्र २०७३, सोमबार ०३:५७ मा प्रकाशित ( ८ साल अघि) १६४ पाठक संख्या

भदौ २०, काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार लाख ११ हजार दुई सय एक भूकम्प पीडितसँग पहिलो किस्ताको अनुदान दिने सम्झौता भएको जनाएको छ ।

प्राधिकरणका अनुसारगोरखामा ४९ हजार ७ सय ५८, सिन्धुपाल्चोकमा ६६ हजार, दोलखामा ४२ हजार ६ सय ३८, रामेछापमा ४० हजार ७ सय ७८, धादिङमा ५१ हजार ९ सय , काभ्रेपलाञ्चोकमा ५० हजार एक सय ७५, नुवाकोटमा ५१ हजार २ दुई सय ४, ओखलढुङ्गामा १७ हजार ९ सय १५, सिन्धुलीमा २० हजार २ सय ८५, रसुवामा आठ हजार ३ सय ५१ र मकवानपुरमा १२ हजार एक सय ९३ घरधनीसँग अनुदान सम्झौता भएको हो ।
ललितपुरको बुुङमतीमा नमूना बस्ती निर्माणका क्रममा चार घरधनीसँग अनुदान सम्झौता भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अरु ठाउँमा सर्वेक्षणको काम भइरहेको छ ।
प्राधिकरणका अनुसार गोरखामा ४८ हजार ६ सय ५८, सिन्धुपाल्चोकमा ४६ हजार एक सय ४३, दोलखामा ३४ हजार ९ सय २०, रामेछापमा २९ हजार ३ सय २, धादिङमा २९ हजार एक सय ९, काभ्रेपलाञ्चोकमा २२ हजार ५ सय १७, नुवाकोटमा २१ हजार ४ सय ६०, ओखलढुङ्गामा १७ हजार तीन, सिन्धुलीमा १२ हजार ८ सय ६१, रसुवामा दुई हजार ८ सय ९० र मकवानपुरमा एक हजार ३ सय ६८ घरधनीलाई पहिलो किस्ताको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक काटिएको छ ।
यस्तै भूकम्प अतिप्रभावित ११ जिल्लाका दुई लाख ६६ हजार २ सय ३१ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम ५० हजार रुपैयाँ पठाइएको पनि प्राधिकरणले जनाएको छ । साभारः उज्यालोबाट