आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

दिपेन्द्र खड्का र नानीराम श्रेष्ठको नेतृत्वमा साउदीका २ जना पीडितलाई सहयोग संकलन

परदेशी खबर १३ कार्तिक २०७३, शनिबार ०९:०१ मा प्रकाशित ( ७ साल अघि) २६८ पाठक संख्या

img_7267

दिपेन्द्र खड्का/ अक्टोबर २९, साउदी अरब।साउदी अरबको आर्थिक मन्दी संगै विगत केहि महिना देखि बिभिन्न समस्याले गर्दा घर जान नसकेका दुई नेपाली कामदारहरुलाई साउदी अरबको साद साहनी अल – हजारी कम्पनिमा कार्यरत जीवनकिरण राई र लक्ष्मण महतोलाई दिपेन्द्र खड्का र नानीराम श्रेष्ठको नेतृत्वमा साद साहनी अल – हजारी कम्पनिका कार्यरत दम्माम, रास अल खेर र अबुहद्रिया गरी ३ ठाउँबाट केही नेपालीहरुले सहयोग गरेका छन्। परदेशी खबरका साउदी स्थित सम्वादाता तथा गीतकार दिपेन्द्र खड्का, नानीराम श्रेष्ठको नेतृत्व र मनोज मण्डल समेतको सक्रियतामा सहयोग संकलन गरिएको हो ।

सबै नेपाली साथीहरुलाई केही रकम उठाई सहयोग गरौं भनेर सल्लाह गर्दा सबैले हुन्छ भने पछि उक्त रकम संकलन भएकोमा हर्षित भएको दिपेन्द्र खड्काले बताएका छन्।

तास खेल्न र रक्सि पिउन पैसा जो गर्नु भन्दा बरु साथी हरुको आपत परेको बेला सहयोग गर्नु नै ठुलो कुरा हो भन्ने उधेश्यले साद साहनी कम्पनीका दम्माम , रास अल खेर र अबुहद्रिया ठाउँका नेपाली साथीहरुले स्वतस्फूर्त रुपमा यो सहयोग गर्नु भएको छ। “आफ्नो इच्छा र सकेको सह्योग गर्नु हुने सम्पूर्ण नेपाली साथीहरुलाई हृदयबाट धन्यवाद नदिरहन सक्दिन” खड्काले थपे।

उनले सहयोग दाताहरुको नामावली धेरै भएको कारणले नाम दिन नसकिएको र आ-आफ्नो साईडबाट उठेको एकमुष्ठ रकमको बिवरण दिएका छन्:
१. दम्माम — ८७०
२. रास अल – खेर — २८०
३. अबुहद्रिया – १८०
जम्मा सा.रि.- १,३३० ( एक हजार तीन सय तीस साउदी रियल )
पीडितहरु मध्ये लक्ष्मण ठाकुरको पासपोर्ट आई सकेको हुनाले उहाँको यहि नोभेम्बर ७ तारिक फ्लाईट हुनेछ। जीवनकिरण राईको अझै पनि पासपोर्ट न आएको कारणले जीवन किरण राईलाई साउदी रियल ८०० र लक्ष्मण ठाकुरलाई साउदी रियल ५३० दिने निर्णय गरी नगद हस्तान्तरण गरिएको छ।