आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

ग्राहकसँग मिलेर मिटर बिगारी ठगी गर्ने प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ

परदेशी खबर ९ माघ २०७३, आईतवार १२:४४ मा प्रकाशित ( ७ साल अघि) २५२ पाठक संख्या

माघ ९, काठमाडौं l ग्राहकसँग मिलेर विद्युत मिटर बिगार्दै ठगी गरेको आरोपमा विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
अपराध महाशाखाले आइतबार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मिटर उल्टो घुमाउने, मुनाफा खाने, ग्राहकसँग मिलेर कम विद्युत खपत देखाई कमिशन खाने गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ८ जना मिटर रिडर, पाँच जना उद्योगी, २ जना प्राविधिक, र एक जना सुपरभाइजर रहेको प्रहरीले जनाएको छ ।  उनीहरुले लामो समयदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम राजश्व घाटा पारेको प्रहरीले दाबी गरेको छ । अपराध महाशाखाका अनुसार मिटर बिगारेर उनीहरुले उद्योगहिरुबाट प्रति महिना तीन हजार रुपैयाँ लिने गरेका छन् ।
प्राधिकरणका कर्मचारीले जोरपाटीस्थित लिक्वेन्स वाटर, बेजान मिष्ठान भण्डार, रामेश्वर मिठाइ पसल, कपास उद्योग, र बिस्कुट कारखानालगायत उद्योगको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको र अझै केही पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । साभार: उज्यालो अनलाइनबाट