आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

किरातीहरुको महान चाड “उभौली” सुरु

परदेशी खबर २७ बैशाख २०७४, बुधबार ११:११ मा प्रकाशित ( ७ साल अघि) ३९८ पाठक संख्या

बैशाख २७ , ललितपुर। उपत्यकाको ललितपुरका साथै काठमाडौँ भक्तपुरमा बसोबास गर्ने किरात समुदाय भित्र पर्ने आदिवासी जनजातिहरुले आज सामूहिक रूपमो साकेला नाच्दै साकेला चाड मनाए । हात्तीवनमा रहेको माङखिम (मन्दिर)मा उनीहरुले सामुहिक पूजा गरेपछि यो चाड सुरु भएको मानिन्छ ।

आजको चाडलाई किराती समुदाले महान् चाड ‘उभौली’ को रुपमा मान्छन् । वैशाख पूर्णिमादेखि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपितृको पूजा गरेर सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाउने गर्छन् ।

नेपालको पूर्वी प्रदेशको पहाडी जिल्लाहरुमा बसोवास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायलाई सामुहिक रुपमा किराती भनिन्छ । यही दिन भएपनि उनीहरु यो चाडलाई आआफ्नो समुदायमा आआफ्नै नामले सम्बोधन गर्ने गरिन्छ । जस्तै राईले यसलाई साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन् ।

हावापनी अनुसार बैशाखतिर मौसम न्यानो हुनथालेपछि उनीहरु बेँसीबाट लेकतिर सर्ने गर्छन् यसलाई उभौली भनिन्छ । यस्तै अर्कोतिर मंसिरतिर उनीहरुले मौसम चिसोहुन थालेपछि बेंसीतिर फर्कने बेला पनि यस्तै चाड खुशियालीका साथ मनाइन्छ जसलाइ उभौली भनिन्छ ।साभारः इसमता अनलाइनबाट