आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

विदेशमा रहेका स्याङ्जालीहरु द्वारा शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि सहयोग

परदेशी खबर १२ पुष २०७४, बुधबार १४:२३ मा प्रकाशित ( ६ साल अघि) ३१४ पाठक संख्या


कर्ण अधिकारी/ डिसेम्बर २८, मकाउ । स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ पालिका वडा नं ४ अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाई बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति लगाव बढाई भविष्यमा राम्रो खेलाडी पनि उत्पादन गर्न सकियोस भन्ने सोचका साथ यस क्षेत्रका राजनितिकर्मी,बुद्धिजीवी वर्ग र स्थानीय जनताको छलफल पश्चात विद्यालय भवन नजिक विद्यालयकै स्वामित्वमा रहेको खुल्ला जमिनलाई खेलकुद मैदान निर्माण गर्ने लक्ष्य तय गरिएको थियो।

उक्त निर्माण समितिको अध्यक्ष बेलबहादुर थापा र स्याङ्जा बासी नरेश कार्कीले हंगकंग र मकाउ साथै अन्य देशमा रहनु भएका त्यस भेगका स्याङ्जाबासीहरूसंग सहकार्य गरी नेपाली २ लाख ७२ हजार २२५ रूपैया संकलन गरेका छन्।उक्त रकम मध्ये हंगकंगमा रहनु भएका स्याङ्जाबासी त्यसै बिद्यालयमा अध्ययन र अध्यापन गराउनु भएका सुरेन्द्र गुरूङ्गले ने रू ५० हजार सहयोग गर्नु भएको छ भने नरेश कार्कीले २० हजार र उहाँका सहकर्मी साथीहरूबाट २ लाख २ हजार २२५ रूपैया संकलन भएको हो।


उक्त संकलित रकमबाट बिद्यालयको खेल मैदान बनाउने काम सुरू भई सकेको र बाँकी रहेको कामहरू उक्त बिद्यालय ब्यबस्थापन समितिले नै निर्माण गर्ने कुराको जानकारी उक्त रकम संकलनका अभियन्ता नरेश कार्कीले बताउनु भएको छ।अभियन्ता कार्की र उक्त निर्माण समितिका अध्यक्ष वेल बहादुर थापाले पौवै गौडे गाउँ पालिकामा स्थायी बसोबास गरी बिदेशमा कार्यरत रहनु भएका दाजु भाईहरूले गर्नु भएको सहयोग प्रति हार्दिक धन्यबाद दिनु भएको छ l