आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

अध्यक्षमा लोमस बास्तोलालाइ चयन गर्दै झापाली समाज कुवेतको तेस्रो महाधिवेशन सम्पन्न

परदेशी खबर १५ पुष २०७४, शनिबार १३:१५ मा प्रकाशित ( ६ साल अघि) २२८ पाठक संख्या

परदेशी खबर / डिसेम्बर २९,कुवेत। झापाली समाज कुवेत को तेस्रो अधिवेशन तथा बनभोज कार्यक्रम कुवेत स्थित मिसिला बीचमा सम्पन्न भएको छ ।

कार्यक्रम सभापति , प्रमुख अतिथि, बिशेष अतिथि लगाएतले संयुक्तरुपमा दिप प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा कार्यबाहक अध्यक्ष लोमस बास्तोलाको सभापतित्व तथा नेपाल राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द लिङदेनको प्रमुख आतिथ्य एवं दित्तिय सचिव सुरेश अधिकारी साथै पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको बिषेश अतिथिमा भएको थियो ।
अन्य अतिथिहरुमा एन आर एन कुवेतको उपाध्यक्ष सुमित्रा देबी पौडेल, आदिवासी जनजाती माहासंघ कुवेतका उपाध्यक्ष दुर्गा चेम्जुङ, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यौपाने लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अथिति का साथै सुमित्रा देबी पौडेल, दुर्गा चेम्जुङ्ग, कल्याण श्रेष्ठ ,कुमार पुरी, सौगात सुवेदी, माधब शर्मा , टिकाराम आचार्य,आनन्द आचार्य,हरिकृष्ण न्यौपाने, नेपाल राजदूतावास कुवेतका दित्तिय सचिब सुरेश अधिकारी र प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द लिंदेङ्गले “हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ् २०१३ मा स्थापित झापाली समाज कुवेतले मानबिय तथा उद्दारका कामहरुमा हातेमालो गर्दै झापामा शब बहान समेत सन्चालनमा ल्याउन सफल र लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल, झापाली समाज कुवेतलाई अझै सफलताको कामना गर्दै शुभकामना मन्तव्यसँगै प्रस्तुत गरेका थिए।

झापाली समाज कुवेतले आफ्नो दुई वर्षको कार्यावधिभरी भए गरेका क्रियाकलापहरुसहितको प्रगति विवरण तथा आर्थिक विवरण सँस्थाका कोषाध्यक्ष लिला पाण्डेले प्रस्तुत गरेका थिए भने भने स्वागत मन्तब्य रामजी अधिकारी र कुमार झापाली ले समाजको गतिबिधि बारे प्रस्तुत गरेका थिए भने निर्धारित समय देखि पहिलो चरण को खुल्ला सत्र कार्यक्रम महासचिब गोबिन्द प्रसाद तिम्सीनाले र दोश्रो चरणको बन्द सत्र कार्यक्रम सल्लाहाकार छत्र कार्कीले संचालन गर्नु भएको जानकारी संथाका महासचिव गोबिन्द प्रसाद तिम्सिनाले परदेशी खबरलाई दिनु भएको छ l

छत्र कार्की संयोजक र सल्लाकारद्वय कुमार झापाली र अर्जुन बस्नेत रहेको निर्वाचन टोलीले लोमस बास्तोला अध्यक्षतामा अबको दुइ बर्षे कार्यकाल को लागि दुई को लागि निर्विरोध नयाँ कार्यसमिति गठन गरेका थिए साथै सल्लाहाकारहरुको लागि समाजले आफ्नो पहिलो मिटिंगबाट चयन गरेर सार्वाजानिक गराउने पनि जानकारी  गोबिन्द प्रसाद तिम्सीनाले बताएका छन् |

नयाँ कार्यसमिति यसप्रकार छन् 

मानार्थ सल्लाहकार- भोगेन्द्र लिङ्देन
सल्लाहकार – ध्रुबकुमार संग्रौला, छत्र कार्की,अर्जुन बस्नेत, तोयानाथ दाहाल

अध्यक्ष- लोमस बास्तोला
उपाध्यक्ष- १) रामजी अधिकारी २) राजु धिमाल
महासचिब- गोविन्द प्रसाद तिम्सिना
सचिब – प्रेम कार्की
कोषाध्यक्ष – लिला पान्डे
सह-कोषाध्यक्ष – गोविन्द न्यौपाने
महिला संयोजक – छबिमाया पौडेल
अन्तरास्ट्रिय झापाली समाज केन्द्रिय सदश्य-अर्जुन बस्नेत
कार्यकारी सदश्यहरु –
१ ) दिपेन्द्र कार्की
२ ) बिपिन संग्रौला
३) राम न्यौपाने
४) सान्तिराम ढुंगेल
५) शोमकुमार मेचे
६) शन्तकुमार अधिकारी
७) नारायण भट्टराई
८) बिष्णु कुमार घिमिरे
९) युबराज भन्डारी
१०) कमला कार्की
११) युबराज खनाल
१२) बिरेन्द्र कार्की र
१३) रोजिना ढुंगेल