आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

आदिवासी जनजाती महासंघ र ४४ ओटा संस्थाद्वारा युएईमा २५६२ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न

परदेशी खबर ३० बैशाख २०७५, आईतवार ०३:५९ मा प्रकाशित ( ६ साल अघि) ७५४ पाठक संख्या

अनिस तामाङ/युएई,३० बैशाख । शान्तिको अग्रदूत महामानव गौतम बुद्धको २५६२ औं जन्म जयन्तीको अवसरमा नेपाल आदिबासी जनजाति महासंघ युएई लगायत ४४ वटा क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा युएईको दुबई शहर स्थिति डलस्को हलमा भव्यरुमा बुद्धजयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति नेपाल आदिबासी जनजाति महासंघ युएईको अध्यक्ष पासाङ शेर्पा रहेका थिए भने प्रमुख अतिथिमा नेपाल बिजनेस काउन्सिलको अध्यक्ष डा. आसिफ अलि रहेका थिए । त्यस्तै गरि विशेषअतिथि तथा अतिथिहरुमा पुर्व भुतपुर्व भुमिसुधार राज्यमन्त्री यशोदा तामाङ , आसा फान्डेसनका अध्यक्ष आसा लामा ,कार्यक्रम संयोजक डेरराज तमु, नेपाली समाज युएईको अध्यक्ष सिपि सापकोटा, एनआरएन युएईको अध्यक्ष रमेश श्रेष्ठ,नेपाल आदिबासी जनजाति महासंघ युएईको बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तामाङ समाज युएईको अध्यक्ष महेश मोक्तान, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा लगायत विभिन्न जिल्ला, जातिय तथा सामजिक संघसंस्थाका प्रमुखहरु उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन सभापति, प्रमुख अतिथि,विशेष अतिथि र अतिथिहरुले संयुक्तरूपमा दीप प्रज्वालन गर्दै राष्ट्रियगान गाएर सुरु गरेको थियो । दर्शकहरुले बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा लामा गुरुहरुले शान्तिको लागि मन्त्रबाचन तथा बुद्ध पुजापाठ गरेको थियो साथै उपस्थिति दर्शकहरुलाई समेत बुद्ध पुजा गर्ने व्यवस्था गरेका थिए ।

समाज युएईका अध्यक्ष सिपि सापकोटा, कार्यक्रम संयोजक डेरराज तमु , आयोजकको तर्फबाट हरि प्रसाद चापागाई लगायतले शुभकामना मनतव्य रखेका थिए । यस्तैगरि कार्यक्रमको सभापति एवं नेपाल आदिबासी जनजाति महासंघ युएईको अध्यक्ष पासाङ शेर्पाले संयुक्तरूपमा मनाउदै गरेको बुद्ध जयन्ती कार्यक्रमले समुदायलाईइ एकताको सन्देस दिएको र अब बुद्ध जयन्ती नेपाली दूतावासले मनाउदा अझै प्रभावकारी हुने भएकाले राज्यकोषबाट खर्च गरेर मानउनु पर्ने बताउदै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

 

 

औपचारिक कार्यक्रमको समाप्त संगै सांस्कृतिक कार्यक्रमको सुरुवात सत्याकृत ब्यान्डका कलाकारहरुले बुद्ध भजन, गणेश भजन लगायत अध्यात्मिक प्रस्तुतिहरू गरेर सांगीतिक कोसेली पस्काएका थिए । त्यसैगरी प्रगतिशील कलाकार संघ युएई , सर्लाही सेवा समाज, नेपाल कलाकार समाज युएई , लगायतका जातिय संघसंस्थाहरुले विभिन्न गीत संगीत, नृत्य हाँस्यव्यङ्ग्या तथा जातिय पहिचान झल्किने मौलिक प्रस्तुतिहरु दिएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान दिएका थिए भने उक्त कार्यक्रम विजयलक्ष्मी राई र रमेश छितिजले सञ्चालन गरेका थिए ।