आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

परदेशी खबर २२ भाद्र २०८१, शनिबार १८:५० मा प्रकाशित ( २ हफ्ता अघि) १०५ पाठक संख्या

ङिमा शेर्पा, काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एण्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित भएका छन् । सेप्टेम्बर २ देखि ४ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ट्रिपल ई अवार्ड्समा उनी ‘मोस्ट एन्गेज्ड एकेडेमिक अफ द इयर’ विधामा शीर्ष पाँचमा परेका हुन् ।

उक्त अवार्ड कार्यक्रममा भारतकी मनिषा सिंह, अस्ट्रेलियाकी ऋचा अवस्थी, चीनकी मिनियोङ ली र सिंगापुरकी युआन्तुओ कुस्नादी पनि उत्कृष्ट पाँचमा परेका छन् । चिकित्सा शिक्षामा एक दशकभन्दा बढीको अनुभव भएका डा. सिंहले नेपालमा चिकित्सा र शैक्षिक क्षेत्रलाई अगाडि बढाउने काम गरेका छन् ।

उनकै पहलमा ‘नेपाली डाक्टर लाउन्ज’ स्थापना भएको छ, जुन स्वास्थ्यकर्मीहरुलाई जोड्ने र प्रशिक्षण तथा स्वास्थ्य सेवा अभ्यास सुधारका लागि महत्वपूर्ण प्लाटफर्म बनेको छ ।

डा. सिंहले प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नलमा नौवटा शोधपत्र प्रकाशित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त तीनवटा पुस्तक पनि लेखेका छन् । उनले शैक्षिक कार्यको अतिरिक्त भूकम्प र कोरोना महामारीको समयमा महत्वपूर्ण कार्य गरेका थिए ।

डा. सिंह नेपालमा प्रख्यात स्वास्थ्य लोकसेवा प्रशिक्षक एवम् लेखक समेत हुन्, उनले विगत लामो समय देखि नेपाल सरकारको स्वास्थ्य सेवाका लागि लिइने लोकसेवा आयोग तयारी सम्बन्धि प्रशिक्षण गर्दै आइरहेका छन्, उनको प्रशिक्षण बाट धेरै विद्यार्थीहरुले लोकसेवामा नाम निकालेर देश भित्रका विभिन्न जिल्लाहरुमा कार्यरत भएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।