आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ कुवैतद्वारा २८६१ सोनाम ल्होछार मनाउने

परदेशी खबर २५ भाद्र २०८१, मंगलवार १९:३४ मा प्रकाशित ( १ हफ्ता अघि) ९६ पाठक संख्या

 

कुवेत – तामाङ समुदायको महान सांस्कृतिक पर्व नया बर्ष नेपाल तामाङ घेदुङ कुवैतले आगामी वर्ष मन्जुश्री सम्बत २८६१ सोनाम ल्होछार धुमधामका साथ मनाउने निर्णय गरेको छ। गत शुक्रबार (६ सेप्टेम्बर २०२४) फरवानिया स्थित म:म: किंग रेष्टुरेण्टमा भएको बैठकमा यो निर्णय गरिएको हो।

संस्थाका अध्यक्ष पेमा ब्लोन लामाको अध्यक्षतामा भएको बैठकमा संरक्षक राम लामा र अर्जुन तामाङको विशेष उपस्थिति रहेको थियो। बैठकले आगामी ३१ जनवरी २०२५, शुक्रबारका दिन सोनम ल्होछार मनाउने मिति तय गरेको छ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरूलाई आमन्त्रण गर्ने योजना रहेको छ। तर, कार्यक्रमस्थल र आमन्त्रित गरिने कलाकारहरूको नाम भने केही समयपछि सचिवालयको बैठकबाट निर्णय गरिने जानकारी दिइएको छ।

नेपाल तामाङ घेदुङ कुवैतले यस कार्यक्रमलाई भव्य रूपमा मनाउने तयारी गरेको र सो मितिमा अरु संघ सस्थाले कार्यक्रम नजुधाई दिनु हुन आयोजकले अनुरोध समेत गरेका छन् ।