आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशनको तयारी पूरा

परदेशी खबर ३ आश्विन २०८१, बिहीबार १९:०१ मा प्रकाशित ( १ दिन अघि) २४ पाठक संख्या

कुवेत । बागलुङ सेवा समाज कुवेतको २० सेप्टेम्बर २०२४ मा हुने प्रथम अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन ।

रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले गत १९ जुलाई २०२४ मा “समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारालाई आत्मसाथ गर्दै गठन भएको हो । बागलुङका विभिन्न ठाउँबाट कुवेत आएका बागलुङेहरुलाई भोली हुने कार्यक्रममा उपस्थितिको लागि संयोजक नेपालीले आग्रह गरेका छन ।

त्यस्तै कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायतलाई निमन्त्रणा गरिसकिएको र विविध कारणवश निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन समेत आयोजकले अनुरोध गरेको छ ।