आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

अध्यक्षमा दिपक कुमार नेपाललाइ चयन गर्दै बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न

परदेशी खबर ५ आश्विन २०८१, शनिबार ०९:३५ मा प्रकाशित ( ५ घण्टा अघि) ४० पाठक संख्या

 

परदेशी खबर/ सेप्टेमबर २१,कुवेत। हिजो सेप्टेम्बर २० तारिख २०२४ का दिन कुवेतको खैतान स्थितराजधानी होटलको सभाहलमा अध्यक्षमा दिपक कुमार नेपाललाइ चयन गर्दै बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।

समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धताभन्ने मुल उदेश्यको साथ १९ जुलाई २०२४ माकुबेतमा स्थापना भएको बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशनको संयोजक दिपक कुमार नेपालीको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारीको प्रमुख आतिथ्यता,गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा एवं नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,लगायतको विशिष्ट आतिथ्यतातथा कुवेतमा क्रियाशिल विभिन्न संघसंस्था पदाधिकारीहरू,पत्रकार,समाजसेवी,वुद्धिजीविलगायतको आतिथ्यता रहेको थियो।

समाजका सल्हाकार युवराज गैरे, गोकुल महत कल्पना मगरले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा राष्ट्रिय गाना पश्चात सभापति,प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिद्वारा पानसमा दीपप्रज्वलन गरी केक काटेर उद्घाटन गरिएको कार्यक्रममा समाजको सल्हाकार मनु भुजेल मगरले स्वागत मन्तव्यद्वारा अतिथिहरूलाइ स्वागत गरेका  थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्नसंघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। समाजको सल्हाकार दिलपुन,सल्लहाकार मनु भुजेल मगरले समाज जिल्ला को बारेमा प्रस्ट पारेका थिए

कार्यक्रमलाई थप आकर्षक गर्न राष्ट्रिय पञ्चेवाजा नेपाल कुवेतको टिम,एकल गयान, सामूहिक नृत्य,एकनृत्य,प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।कार्यक्रमलाई भब्यरुपमा सफाल पर्न सहयोग गर्ने सहयोगी ब्याक्तित्व,संस्था कलाकार,मिडियाइ आयोजकको तर्फबाट सम्मान सहित कदर प्रशंसा पत्रले सम्मान गरिएको थियो