आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

आदिवासी जनजाती महासँघ कुवेतको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

परदेशी खबर १८ बैशाख २०७३, शनिबार १७:३७ मा प्रकाशित ( ८ साल अघि) ३५८ पाठक संख्या

नैनकला राई,कुवेत,

adiwasi4

अप्रिल ३० – हिजो २९ अप्रिल शुक्रबारको दिन जिलिबको रिदम हलमा नेपाल आदिवासी जनजाती महासँघ, कुवेतले भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका सम्पूर्ण आदिवासी जनजातिहरुलाई एक ढिक्का बनाउदै आफ्नो भाषा, धर्म,लिपि, भेषभुषा,कला र संकृतिको जगेर्ण गर्दै अगाडी बढ्ने हेतुले “आदिवासी जनजाती एकता अहिलेको आवश्यकता” भन्ने नाराका साथ १९ डिसेम्बर २०१४ मा गठन भएको थियो l

महासँघका अध्यक्ष राजेन्द्र तामाङको अध्यक्षतामा गरिएको कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको प्रमुख आतिथ्यता गरिएको कार्यक्रममा महासँघकी सह-सचिव नैनकला राईको स्वागत मन्तव्य र महासचिव बसन्त थापा मगरले सञ्चालन गरेका थिए l सम्पन्न भेटघाट तथा अन्तर्कृया कार्यक्रममा कुवेतमा कृयाशिल रहेका आठवटै जनजाती संस्थाहरुको सहभागीता रहेको थियो भने जनजातीका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, अध्यक्षहरु लगायत आठवटै संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो l

adiwasi5
दिनको १ बजेबाट सञ्चालन भई साँझको ६ बजे समाप्त भएको अन्तर्कृया कार्यक्रममा जनजातीको हकहित र अधिकारको निम्ती चालिनु पर्ने कदम र राज्य सत्तालाई गराईनु पर्ने ध्यानाकर्षण तथा दबाब बारे कुवेतका कृयाशील जातीय संस्थाका बक्ताहरु लगाएत युग लामा र रबी चेन्जिङबो जस्ता युवा शक्तिहरुले आफ्नो आफ्नो सशक्त धारणा राखेका थिए ।

adiwasi3

कार्यक्रममा कुवेतका आठैवटा जनजाती संस्थाहरुलाई संस्थाको उद्देश्य र जातिय पहिचानको बारेमा जानकारी गराउन अवसर दिईएको थियो । जसमा: तमु समाजको तर्फबाट धनराज गुरुङ, तामाङ घेदुङको तर्फबाट कृष्ण तामाङ, किरात याक्थुम चुम्लुङबाट अनुभब खजुङ, किरात राई यायोक्खाबाट रमेश किराती र मगर सँघ कुवेतबाट मनु भुजेल मगरले आफ्नो जातिय संस्कृति र पहिचान बारे जानकारी गराए भने तमु प्ये ल्हु सँघ, नेवा गुठी र भुजेल समाज भने कारणवश प्रस्तुत हुन सकेन l

कार्यक्रमको बिचमा तामाङ घेदुङका कलाकारहरु सुरेश तामाङ, कृष्ण तामाङ र साथीहरुले डम्फुको ताल र तामाङ भेषभुषामा सजिएर तामाङ भाषाकै गीत प्रस्तुत गर्दै सबैलाई मनोरञ्जन दिलाए भने समयको अभाव र विविध कारणवश अन्य संस्थाहरुले प्रस्तुत गर्ने भनिएको साँस्कृतिक झाँकिहरुलाई स्थगित गरिएको थियो ।
adiwasi16
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेन्द्र तामाङले जनजातिहरु एकजुट भएको देखेर आफुलाई काम गर्ने थप हौसला मिलेको भन्दै जनजाती केन्द्रिय महासँघमा डलर र कुर्सीमा नबिक्ने नेत्रित्व नआएसम्म जनजाती कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताउनु भयो । यसैगरी, एनसिसी कुवेतका अध्यक्ष अर्जुन तामाङ्ले कसैले पनि कुनै व्यक्ती वा जातीको बिरोध नगरेर जातिवादको बिरोध गर्नु पर्ने र यो वाद कुनै पनि जातिमा हाविभएको हुनसक्ने बताउनु भयो । कार्यक्रममा जय आले, अमित राई, खोप गुरुङ, राजु गुरुङ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको अन्तिममा आदिवासी जनजातिहरुको बारेमा उपस्थित जनजातिहरुले आफुलाई अस्पष्ट लागेको केहि प्रश्न राखेका थिए र उक्त प्रश्नको जवाफ आदिवासी जनजाति महासंग कुवेतका संथापक संयोजक अमित राई र जाजाति अग्रज ब्याक्तित्व मनु भुजेल मगरले प्रष्ट परेका थिए l

कार्यक्रमलाई सफल बनाउन नेवा गुठीले हल स्पोन्सर, मन्जित राईले ब्यानर स्पोन्सर, नबिन तामाङ लोप्चनले पानी स्पोन्सर, सुरेश गुरुङ र मधुमाया मगरले चियाकफी स्पोन्सर र लामा भाईले व्याननर डिजाईन गरेर सहयोग गरेकोमा जनजाती महासँघ कुवेतले आभार व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।