आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

गंगा केसी बाट आफुले अध्ययन गरेको बिद्यालयको लागि ५१,००० आर्थिक सहयोग प्रदान

परदेशी खबर ३१ बैशाख २०७३, शुक्रबार १८:१६ मा प्रकाशित ( ८ साल अघि) ४७९ पाठक संख्या

13187651_967129713384517_1162057658_n

मे १३ – देशका बिभिन्न ठाउँमा सरकारी बिद्यालयहरुको शैकिक गुणस्तरको लागि पुर्व बिधार्थीहरु एकजुट हुँदै गरेको अवस्थामा आफुले बाल्यकालमा अध्ययन गरेको बिद्यालयको बिकासको लागि पर्बत जिल्ला पाखापानी गाबिश वार्ड नम्बर १ कि गंगा केसी (पुरी )ले भुतपुर्व बिद्यार्थी मञ्च श्री स्वधर्म माबी पाखापानी पर्बतलाई बेलायत बाट रु ५१,००० आर्थिक सहयोग गर्नुभएको छ ।

आफुले अध्ययन गरेको बिध्यालयका आफ्नै शहकर्मिहरु मिलेर बिद्यालयको बिकासको लागि स्थापना गरेको भुतपुर्व बिधार्थी मञ्चको सामाजिक कार्यमा सहयोग पुगोस भनी उक्त रकम मञ्चलाई प्रदान गर्नु भएको हो । पर्बत जिल्लाको क्षेत्र नम्बर २ पाखापानी गाबिश स्थित श्री स्वधर्म माबीको भौतिक पुर्वाधारको बिकास ,शैक्षिक गुणस्तरको बिकास लगायत बिबिध पक्षमा बिगत ६ बर्षदेखी भुतपुर्व बिद्यार्थी मञ्चले कामगर्दै आएको छ । स्थापना पछी खाने पानी ट्यान्की ,बिध्यालयमा ब्यब्स्थित स्टेज र प्याराफिट निर्माण,हरेकसाल ६ जना बिद्यार्थीहरुलाई बिशेष पुरसकार प्रदान,खेलकुदका सामाग्री ,मन्टेसोरी सञ्चालनमा बिशेष सकृयता र शिक्षकको तलब ,मन्टेसोरीको बिद्यार्थीको लागि कपी कलम ,गूडिया देखी जाडोमा लगाउने मजाको ब्याबस्था समेत गरेको थियो ।आफुले बिद्यार्थी जीवनका रमाईला दिन बिताएको बिद्यालयको सहयोगको लागि हात अगाडि बढाउन पाउदा निकै खुशी महसुस भएको हाल बेलायत निवाशी गंगा केसीले बताउनु भएको छ । सहयोगको अबसर प्रदान गर्ने संस्थालाई धन्यबाद दिदै सम्पूर्ण पुर्व बिद्यार्थी साथीहरुलाई मञ्चले चालेको सामाजिक अभियानमा एकजुट हुनपनी अनुरोध गर्नु भएको छ । मञ्चको बिद्यालय बिकासको अभियानमा आफ्नो शहयात्रिबाट उल्लेख्य सहयोग पराप्त भएकोमा मञ्च कार्यसमितीले उहालाई बिशेष धन्यवाद दिएको मञ्चका अध्यक्ष अर्जुन भुसालले बताउनु भएको छ ।