आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

मकाउ तामाङ घेदुङले २५६०औं बुद्ध जयन्ती भब्यताका साथ मनायो

परदेशी खबर ९ जेष्ठ २०७३, आईतवार ११:१६ मा प्रकाशित ( ८ साल अघि) १९३ पाठक संख्या

कर्ण बहादुर अधिकारी, मकाउ,

13219667_1090947807646297_1503931218_nमे २२ – का प्रतिक भगवान गौतम बुद्धको २५६०औं जन्म जयन्ति मकाउ तामाङ् घेदुङ्ले बिशेष कार्यक्रमका साथ मनाएको छ। २१ मे २०१६ रिक शनिवारका दिन बिहानको ९:३० बजे देखि ११:०० बजे सम्म मकाउ पाकप छाव स्थित भगवान गौतम बुद्धको गुम्बामा नेपालीहरूको उपस्थितिमा धुप बत्ती र दीप प्रज्वलन गरेको थियो। गवान गौतम बुद्धले मानव जीवनलाई सतमार्गमा लैजानका लागि दिएका उपदेशहरूलाई स्मरण गर्दै कार्यक्रम सुरू गरिएको थियो।

बिहानको कार्यक्रम गुम्बामा गरीएको भए पनि बेलुकीको कार्यक्रम १८:३० बजे देखि २१:३० बजे सम्म मकाउ फिसरम्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टमा मकाउमा रहेका नेपाली संस्थाहरूका प्रमुख साथै प्रतिनिधिहरू र मकाउमा कार्यरत रहेका नेपालीहरूलाई साथ कार्यक्रम संचालन गरीएको थियो।उक्त कार्यक्रममा अतिथीहरू गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश बरूवाल,नेपाल मैत्रीपूर्ण संघका अध्यक्ष हर्क बहादुर कुवर,तमु समाजका अध्यक्ष रामेन्द्र कुमार गुरूङ,”किराँत राई यायोक्खा मकाउ”का अध्यक्ष भीम कुमार राई,किराँत चुम्लुङ याक्थुमका अध्यक्ष अमारीका लिम्बु हुनु हुन्थ्यो भने उक्त कार्यक्रमको सभापतित्व मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ्ले गर्नु भएको थियो।

कार्यक्रममा आआफ्नो मन्तव्य राख्ने क्रममा अतिथीहरूले भगवान गौतम बुद्धको बारेमा चर्चा गर्नुका साथै मकाउमा रहेका संघ संस्थाहरू एक आपसमा मिलेर अगाडी बढ्नु पर्छ भन्ने बारे प्रष्ट रूपमा ब्यक्त गरेका थिए।कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ्ले बोल्ने क्रममा हामीहरूले भगवान गौतम बुद्धले दिनु भएका उपदेशहरूलाई पालना गर्न सकेमा मानव जीवनले शान्ति पाउने छ र हामी त्यस्तो भाग्यमानी देशका नागरीक हौ,नेपाल जस्तो प्यारो शान्ति भूमिमा आज भन्दा २५६० बर्ष पहिले भगवान गौतम बुद्ध जन्मिएका थिए।यस्तो शान्ति भूमि ज्ञान भूमि देशका नागरीक भएको हुनाले हामीले बिश्व जनसमुदाय माझ भगवान गौतम बुद्धका बारेमा र उहाँले दिनु भएका सन्देशहरूलाई कुना कुना सम्म पुराउने प्रयास गर्नु पर्दछ भन्नु भयो साथै मकाउमा रहेका सम्पूर्ण नेपालीहरूको संघ संस्थाहरू एक आपसमा हातेमालो गरी अगाडी बढ्नु पर्छ भन्ने कुरामा पनि चर्चा गर्नु भएको थियो।कार्यक्रमको संचालन तामाङ् घेदुङ्का उपाध्यक्ष सुरेन्द्र तामाङ्ले गर्नु भएको थियो।

13275842_1090947814312963_241336995_n 13285647_1090947734312971_5812637_n 13288830_1090947740979637_473604849_n 13275812_1090947827646295_1869652175_n