आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

पत्रकार भद्रोगल किराती २५ हजार धरौटीमा रिहा

परदेशी खबर ९ जेष्ठ २०७३, आईतवार १४:३१ मा प्रकाशित ( ८ साल अघि) ४५९ पाठक संख्या

लोक याम्फु खखुरा, काठमाडौ,

13278159_907219376067611_560811618_n

जेठ ९ – आज जेठ ९ गते विशेष अदालतका न्यायधिश रमेश कुमार खत्रीको एकल इजलासले २५ हजार धरौटीमा भद्रगोल किराती राई १० दिनपछि रिहा गरेको छ।

किरातीद्वार लिखित (गड होइन ,ठग एन्जल) नामक पुस्तकबाट चर्चा चुलिएसंगै केही बर्ष बाट गड एन्जलको नामले चर्चामा रहेका भक्तकुमार राईबारे ‘गड एन्जल होइन ठग एन्जल’ पुस्तक लेखेका पत्रकार भद्रगोल किराती लाई सोहि पुस्तक को आधार मानी भक्तकुमार राईका भक्तजनहरूद्वारा पत्रकार किरातीलाई साईवर क्राईम अन्तर्गत मुद्दा हालिएको थियो ।

किरातीको रिहाइको बेला किरात राई यायोक्खाका उपमहासचिव भीम राई, किराती पत्रकारहरु तथा केहि किराती अगुवाहरु पनि उपस्थिति थिए भने उनको स्वागत किरातराई यायोक्खाको तर्फबाट पत्रकार भद्रगोल किरातीको रिहाई समितिका संयोजक भिम राईले गर्नु भएको थियो । रिहाईमा सम्पूर्ण किरात जन्य पत्रकारहरुको बाक्लो उपस्थित साथै किरती रिहाईको माग राख्दै किराती अगुवाहरु पनि कडा रूपमा प्रस्तुत भएका थिए।

13281925_907192942736921_987556535_n