आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब,कुवेतद्वारा सुन्तले प्रा.वीलाई आर्थिक सहयोग

परदेशी खबर २५ असार २०७३, शनिबार ०५:४५ मा प्रकाशित ( ८ साल अघि) २२१ पाठक संख्या

परदेशी खबर संवाददाता, कुवेत,

13621660_1193238047374699_260852974_o

जुलाई ९ – १६ बर्षको लामो ईतिहास बोकेर नेपाली समाजमा निरन्तर रुपमा कृयाशिल रहँदै आएको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको १९०औं पूर्ण बैठक हिजो क्लब पुर्व अध्यक्ष जय अाले ज्यू र क्लब खेलकुद विभाग प्रमुख ऋषी थापा मगर, ज्यूको बासस्थान सम्पन्न भएको छ ।

पुर्व अध्यक्ष जय आलेमगारको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका अधिकांश सदस्यहरुले आ-आफ्नो बिचार राखेको थियो । खेलमा मात्र नभएर कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आफ्नो पहिचान बनाउन सफल संस्था माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबले “आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान”भन्ने मुल नाराका साथ कम्पुटर शिक्षा स्कलरसिप अनि गुणस्तरीय शिक्षालाई मध्य नजर गर्दै चालेको अभियान लाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ले ११ ह्जार १ सय १ रुपिया सहयोग गर्दै क्लव, सदस्या केदार आले मगरलाई क्लब सदस्या पुर्व अध्यक्ष जय आले मगर , सचिव – डम्बर रिमाल, खेलकुद संयोजक – ऋषी थापा मगर, सदस्यहरु जगत मगर, राम बस्नेत, हर्क श्रेष्ठ, कुमार श्रेष्ठ, कोषाध्यक्ष – चन्द्र तामाङ, जगेर्णा कोष संयोजक – शिवराम पौडेल, सुरेश गुरुङले सयुक्तरुपमा रकम हस्तान्तरण गरिएको थियो ।