आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

मोरङ्ग सुन्सरी सेवा समाज कुवेतद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाइ ५० हजार सहयोग

परदेशी खबर २ श्रावण २०७३, आईतवार १७:४६ मा प्रकाशित ( ८ साल अघि) २०८ पाठक संख्या

नैनकला राई , कुवेत,

13734705_272973843080707_246927488_nजुलाई १७ – नेपाल कुवेत सम्पर्क समाज कुवेतले धुर्मुस सुन्तली फाउन्डेसनलाइ सहयोग स्वरूप रु. ५०००० (पचास हजार) नेपाली रुपैया आर्थिक सहयोग गरेको छ l

वैदेशिक रोजगारको सिलसिलामा कुवेतलाई कर्म थलो बनाउदै आएका मोरङ्ग र सुन्सरी बासीहरुले गत फेब्रुवरी २०१६ मा मोरङ्ग सुन्सरी सेवा समाज कुवेत शाखा, अरुण लिम्बुको अध्यक्ष्यतामा तदर्थ समिति गठन गरिएको हो l
प्रबाशमा रहेर पनि आफ्नो जन्मथलोलाई माया गरि बचेको समयलाई सदुपयोग गर्दै सामाजिक कार्यमा सकृय रही  कुवेतमा कार्यरत केहि नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र समाजका सदश्यहरुकै सकृयतामा नेपालमा गत वर्षको विनाशकारी भुकम्पमा परि घरवार गुमाएकाहरुको बासको निम्ति सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत बस्ति विकास कार्यक्रमलाई केहि टेवा पुर्याउनको लागि ५० हजार नेपाली रुपैया संकलन गर्न सफल भएका छन् l

उक्त संकलित रकम गत जुलाई १५ तारिकका दिन समाजका उपाध्यक्ष नानुराज बरालको हातबाट फाउन्डेशनकी कोषाध्यक्ष सयंम कुन्जना घिमिरे(सुन्तली)लाइ हस्तान्तरण गरेको जानकारी समाजका अध्यक्ष अरुण लिम्बुले जानकारी दिएका छन् l

13689448_272973839747374_72768581_n