आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

जनसम्पर्क समिती कुवेतको अधिवेशनका लागि प्रदिप पौडेल कुवेतमा

परदेशी खबर १३ श्रावण २०७३, बिहीबार ०४:१८ मा प्रकाशित ( ८ साल अघि) ४२० पाठक संख्या

नैनकला राई, कुवेत,

13590277_537606589775757_7866328311911989174_n

जुलाई २८- भोलि जुलाई २९मा हुन गैरहेको जनसम्पर्क समिती कुवेतको दोस्रो अधिवेशनका लागि नेपालबाट युवा नेता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल आज बिहान ३:३०  बजे कुवेत आइपुग्नु भएको जानकारी जनसम्पर्क समिती कुवेतको उप सभापति राजेन्द्र बिरहीले दिएका छन् l

कार्यक्रमलाई भव्य र सभ्य पर्नको लागि प्रमुख अतिथिको रुपमा यूवा नेतालाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि नेपाली जन-सम्पर्क समिती कुवेत परिवारले वहाँलाई पुष्पगुच्छ दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो।

भोलि हुने कार्यक्रम प्यारागन रेष्टुरेण्ट मुर्गाबमा गरिने भनिएको भएता पनि कारणबस स्थान सारिएर फर्वानिया स्थित हैतम रोयल रेष्टुरेण्टमा गरिने भएको छ l

13658945_537606746442408_286085219935675873_n“राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन्” भन्ने नाराका साथ सन् २०११ मा स्थापना भएको जनसम्पर्क समिती राजु खड्का तदर्थ समितीका सभापती रहेका थिए। त्यस पछि बिभिन्न कारणले प्रथम अधिवेशन  मिति परिवर्तन हुँदै मे २, २०१४ मा मात्र नेपाली काँग्रेसका तत्कालीन उपसभापती रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा, सामान्य विदेश बिभाग प्रमुख तथा तत्कालीन सभासद अर्जुन जोशी र युवा नेता लक्ष्मी आचर्य समेतको उपस्थितीमा प्रथम अधिवेशन सम्पन्न गरी दिनेश परियारलाई सभापति चयन गर्दै सम्पन्न भएको थियो।

13710704_1145174738890270_6169890107746638067_o

आयोजकले कुवेतमा कार्यरत नेपाली कृयासिल संघ सस्था एवं बुद्धिजिबी, समाजसेवी , पत्रकार , कलाकार साथै खेलाडी तथा कुवेतबासी सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरुलाइ गरिमामय उपस्थिती जनाई अधिबेशन भब्य सब्य गराइ दिनुहुन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने

स्थान : हैतम रेष्टुरेण्ट फर्वानिया, अल्घानिमको अगाडी।
मिति : जुलाई २९, २०१६ शुक्रवार।
समय : अपरान्ह १२:३० बजे।