आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

यूएइमा २२औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

परदेशी खबर १२ भाद्र २०७३, आईतवार ०७:०४ मा प्रकाशित ( ८ साल अघि) २९० पाठक संख्या

माया लोप्चन तामाङ, साइप्रस,

14111739_1199389030104989_932034403_n

अगस्ट २८ – ”आदिवासी जनजातिको शान, स्वाभिमान, आत्मा सम्मान र पहिचान” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासंघ यूएइले २६ अगस्ट २०१६ शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवासी दिवस भब्य रूपमा मनाएको छ।

आदिवासी जनजाती महासंघ यु ए इ का वर्तमान अध्यक्ष डेर राज गुरूङको सभापतित्वा तथा यूएईको लागि नेपाली कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनको प्रमुख आथित्यमा सम्पन्न यस कार्यक्रममा यूएई अन्तर्गतका विभिन्न संघ संस्था तथा बुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ्को स्वागत मन्तव्य सङ्गै शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि नेत्र बहादुर टन्डनले नेपालका आदिवासी जनजातिहरू हरेक कोणबाट सम्पन्न समुदायहरू हुन, यी समुदायमा रहेको/भएको तमाम सम्पदा र संरचनाहरूको सहि सदुपयोग गर्न सके नेपाल विश्वकै पहिचानी नमुना देश हुने कुरामा दुई मत नरहेको कुरा बताए । निकट भविष्यमा यस्तै प्रकृतिको कार्यक्रम नेपाली राज दूतावास यूएइले पनि आयोजना गर्ने र यो कार्यक्रम समग्रमा नेपालकै प्रतिनिधि मूलक कार्यक्रम रहने छ, उहाँले थप्नु भयो ।

११ जातीय संघ संस्थाहरु आबद्ध यस महासंघमा एघारै जातिहरूको विभिन्न किसिमको पहिचानी भेष-भूषा, खाद्य परिकार, पुस्तक पत्रिका, हातहतियार, गरगहना, बाद्यबादन तथा जीविकोपार्जनका लागि प्रयोगमा ल्याइने विभिन्न औजारहरू प्रदर्शनीमा रहेको थियो। यस कार्यक्रममा किरात राइ यायोक्खा शाखा यूएइको तर्फबाट ‘साकेला’ , किरात याक्थुङ चुम्लुङ को तर्फबाट ‘च्याब्रुङ’ , नेवापुचको तर्फबाट ‘मङ्गल धुन’, नेपाल मगर सङ्घबाट ‘पञ्चे बाजा र सोरठी, तामाङ समाजबाट ‘सेलो’, तमु समाजबाट ‘सुर्की’ , सुनुवार सेवा समाजबाट ‘स्यादर’ र शेर्पा किदुक यूएइको ‘स्याब्रु’ झाकी प्रस्तुत गरिएको थियो ।

14123992_1199389046771654_1507251864_o

आशा एच फोर फाउन्डेसनको प्रमुख प्रायोजन तथा यूएई अन्तर्गतका विभिन्न व्यवसायी तथा व्यक्तिहरू प्रायोजक रहेको यस कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । गायन तर्फ नन्दु राइ, विक्रम लामा, सविन आले र उमेश राइ रहेका थिए भने लोमु शेर्पा र सविना माझीले एकल नृत्य प्रस्तुत गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन शुत्रमणी राई र सांस्कृतिक कार्यक्रम विजय लक्ष्मी राईद्वारा सञ्चालनमा रहेको यस कार्यक्रममा एघारै जातीय संस्था बाट एक नारी र एक पुरुष गरी २२ जना तथा विभिन्न क्षेत्रमा योगदान पू-याउने व्यक्तिहरू र सबै प्रायोजकहरूलाइ सम्मान गरिएको थियो। कार्यक्रमलाइ विसर्जन गर्ने क्रममा सभाध्यक्ष डेर राज गुरूङले कार्यक्रम आयोजना गर्नु निश्चित रूपमा प्रवासमा पनि आदिवासी जनजातिहरूको बीचमा सांस्कृतिक जागरणको लागी, हाम्रो पहिचान प्रति गर्वको भावना बढाउन, नेपालको पर्यटन प्रवर्धनमा टेवा पु-याउन, विश्वका आदिवासीहरूले मनाउने विश्व आदिवासी दिवस युएईमा पनि मनाइएको तर्क गरेका थिए। ‘यो पुस्तामा आएको सांस्कृतिक जागरण नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि यस कार्यक्रमको प्रमुख उद्देश्य हो’ उनले थपे।

संस्कृतिक जागरणलाई संवैधानिक रुपमा संस्थागत नगरे सम्म अथवा र कानुनि मान्यता प्राप्त नगरे सम्म भोलिका पुस्ताहरुले फेरी हाम्रो पहिचानका आधारहरु बिर्सँदै जाने भएकोले अब हामीमा राजनैतिक जागरण पनि आउन जरुरि भएको विचार ब्यक्त गर्नु भयो l यूएइको लागि नेपाली राजदुताबासले नेपालको पर्यटन प्रवर्धनको लागी महोत्सव गरी हाम्रो कला संस्कृतिलाई विदेशीहरूको बीचमा पुग्ने मौका दिएमा महासङ्घले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।

अन्तमा कार्यक्रमका सभापती डेर राज गुरुङ्ले सम्पुर्ण प्रायोजकहरुलाइ हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै उपस्थित संस्थाको निमन्त्रणालाई स्वीकार्दै कार्यक्रममा उपस्थित भइ कार्यक्रम सब्य र भब्य बनाउन मद्दत गर्नुहुने सम्पुर्ण संघ संस्था र नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ धन्यवाद भन्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।