काठमाडौं, भदौ १५ – ट्राफिक प्रहरीले कारबाही गरिरहे पनि धेरैजसो ट्याक्सी चालकले मिटरमा जान अटेर गर्ने गरेका पाइएको छ ।
ट्राफिक प्रहरीले मंगलबार एकै दिन १०९ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ । यो एकै दिन कारबाहीमा पर्ने अहिलेसम्मकै सबैभन्दा धेरै भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस अघि दैनिक १०÷१२ जना मात्रै कारबाहीमा पर्ने गरेका थिए । ट्याक्सी मिटरमा जान नमाने ट्राफिक प्रहरीको १०३ वा प्रहरीको १०० मा तत्काल खबर गर्न महाशाखाले आग्रह पनि गरेको छ ।
चालकको गुनासो आउनासाथ सोधपुछ गर्ने र दोषी पाइए चालकलाई तत्काल कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले केही समय यता सडक लेन अनुशासन तथा ट्राफिक नियम पालना गर्न गराउन कडाइ गरेको छ ।साभारः उज्यालो अनलाइनबाट