आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

लम्जुंग सेवा समाज कुवेतको तेश्रो वार्षिक उत्सब सम्पन्न

परदेशी खबर २५ भाद्र २०७३, शनिबार ०६:५१ मा प्रकाशित ( ८ साल अघि) ४०९ पाठक संख्या

%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%9c%e0%a5%81%e0%a4%82%e0%a4%97

परदेशी खबर संवाददाता/सेप्टेम्बर १०, कुवेत l हिजो ९ सेप्टेम्बर २०१६का दिन कुवेत लम्जुंग सेवा समाज कुवेतको तेश्रो वार्षिक उत्सब कार्यक्रम फर्वानिया स्थित नेपाली सभागृह हलमा एक सास्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष्य हरी गुरुङको सभापतित्व रहेको कार्यक्रममा जनजाती महासँघ कुवेतका महसचिव बसन्त थापामगरको प्रमुख आतिथ्यता रहेको थियो भने समाजका सल्लहकार जगनाथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए l यसै गरि समाजका प्रथम उपाअध्यक्षले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो।
लम्जुंग सेवा समाज कुवेतको तेश्रो वार्षिक उत्सव कार्यक्रममा प्रमुख आतिथती बसन्त थापामगर, फोटो पत्रकार सुरेश गुरुङ, समाज को सचिव मिलन श्रेष्ठ,महासचिव सुवद अधिकारी शुभकामना मन्तब्य दिएका थिए। लमजुङबासी दाजु भाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको हलमा लम्जुंग सेवा समाज कुवेतको स्थापना गर्नु पर्ने कारण र उदेश्यहरु बारे दित्तिय उपाअध्यक्ष कमल थापाले प्रष्ट पारेको थियो । यसैगरी कोषाध्यक्ष प्रेम गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए l

14328951_1243666088998561_2104779263_n

रोजगारिको शिलशिलामा कुवेतमा रहेका लमजुङ वासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको लम्जुङ् सेवा समाज कुवेतले आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आएको दित्तिय उपाअध्यक्ष कमल थापले मन्तब्यद्वार बताएका थिए l
कार्यक्रममा कलाकरहरु लोक गायक द्रोण गुरुङले नयाँ पुरान लोक भाकाहरु पस्केर दर्शकहरु नचाएका थिए। सपान थापा मगर र पूर्ण बहादुर रसैली द्वारा लाइभ दोहोरी गाएर उपस्थितिहरुलाइ मनोरञ्जन साथै नचाएका थिए भने चोल बादुर मगर,नायरण गुरुङ,र सोभा तमुस्यो को एकल नृत्यले सबैलाई मनोरंजन दिलाएको थियो ।

तेश्रो वार्षिक उत्सब कार्यक्रममा सहयोग गर्ने हुने ब्याक्तित्वोहरु पत्रकार कलाकारहरुलाई खदा ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। दिउँसो २ बजे बाट शुरु भएर साँझ ६ बजे सम्म चलेको कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई जलपान र स्वादिष्ट भोजन खाजा नास्ता पनिले स्वागत गरे को थियो ।

अन्तमा कार्यक्रम सफल पार्नको लागि सम्पूर्ण सहयोगीहरुलाई बिशेष धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा हरेका थिए l

14256587_1243666098998560_327978308_n 14269338_1243666108998559_71077875_n 14302608_1243666722331831_633735316_n 14330844_1243666142331889_106200832_n