आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

तमू समाज, कुवेतद्वारा खेमराज गुरुङको शोकसभाको आयोजना

परदेशी खबर २९ भाद्र २०७३, बुधबार ०६:२८ मा प्रकाशित ( ८ साल अघि) २७४ पाठक संख्या

14371994_1247458321952671_1307282075_n

परदेशी खबर संवाददाता /कुवेत, १४ सेप्टेम्बर l चर्चित लोकगायक खेमराज गुरुङको सम्झनामा आगामी शुक्रबार सेप्टेम्बर १६ तारिक को दिन कुवेत सिटी स्थित गुलसन होटेलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

वारि जमुना, पारि जमुनामार्फत सांगीतिक आकाशमा स्थापित बहुप्रतिभाशाली गायक खेमराज गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा भदौ ९ गते ४२ वर्षको उमेरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।मृतआत्माको चिर शान्तिको कामना गर्दै यहि आउदो सेप्टेम्बर १६ तारिका दिन तमू समाज,कुवेतद्वारा शोकसभा तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको हुदा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली संग संस्था, समाजसेवी, बुद्धिजीवी , पत्रकार, कलाकार, खेलाडी तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुलाइ उक्त पुण्य तिथिका दिन सहभागि हुन अनुरोध गरिएको छ।

मिति – १६ सेप्टेम्बर शुक्रबार
समय – ठीक दिन को २ बजेदेखी ४ बजेसम्मा
स्थान- गुलसन होटेल कुबेत सिटी (मुर्गब केपी सिटी बस स्टप को पासमा)