आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

स्याड्जा सहयोग समाज कुवेतद्वारा बिदाई कार्यक्रम सम्पन्न

परदेशी खबर २९ भाद्र २०७३, बुधबार ०६:४६ मा प्रकाशित ( ८ साल अघि) २८६ पाठक संख्या

14365499_1247478521950651_1216461444_n

परदेशी खबर संवाददाता /कुवेत, १४ सेप्टेम्बर l कुवेतमा बिगत केही बर्षदेखी कृयाशिल संस्था स्याड्जा सहयोग समाज कुवेतले समाजको संगठन बिभाग प्रमुख घनश्याम भण्डारी लाई हिजो एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ ।

आफ्नो कुवेत बसाईलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएका भण्डारी लाई स्याड्जा सहयोग समाज कुवेतले फर्वानियाको सभागृह हलमा समाजको समुर्ण सदस्य एवं सल्लाहाकारहरुको उपस्थितिमा संगठन बिभाग प्रमुख भण्डारीलाई दोसल्ला ओढाई मायाको चिनो, कदर-पत्र प्रदान गरेर सम्मान पुर्वक बिदाइ गरिएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष शिव कोईरालाले गर्नु भएको थियो भने संस्थाका संरक्ष्यक बि बि मल्ल ठकुरी तथा सभापतिद्वारा उत्घाटन गरिएको कार्यक्रमको स्वागत मन्तव्य समाजका कोष अध्यक्ष राजन आचार्यले गरेका थिए l कार्यक्रममा समाजका महासचिव श्रवण कुमार गाहा र समाजका प्रवक्ता कृण्ण चन्द ठकुरीले संचालन गरेको कार्यक्रममा भण्डारीले समाजका लागी गर्नु भएको अतुलनीय योगदानको सबै वक्ताले चर्चा गर्नु गर्दै उहाँको आगामी दिनहरुमा सफलताको शुभकामना दिएका थिए l

14302726_1247478461950657_1223429625_n