आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

खुद्रा पसलमा पनि सुपथ मूल्यमा खाद्यान्न पाइने

परदेशी खबर ३० भाद्र २०७३, बिहीबार ०३:३९ मा प्रकाशित ( ८ साल अघि) २१५ पाठक संख्या

काठमाडौं, ३० भदौ l सरकारले दसैँ, तिहार र छठमा उपभोक्तालाई राहत दिन काठमाडौं उपत्यकाका ११ र अरु २५ जिल्लाका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङले आउँदो शनिबारदेखि नुन, चिनी र चामलमा सहुलियत दिनेछन् । बुधबारको मन्त्रिपरिषद्को निर्णय अनुसार पहाडी जिल्लामा नुन प्रतिकिलो ९ रुपैयाँमा नै उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो १० र चिनीमा पाँच रुपैयाँ छुट दिइने छ ।
अरु जिल्लामा भने चिनी र चामलमा पाँच रुपैयाँ र नुनमा दुई रुपैयाँ छुट दिने निर्णय भएको छ । छुट खुद्रा पसलमा पनि लागू हुन्छ । सरकारले तोके अनुसार खुद्रा पसलमा छुट नपाए उपभोक्ताले प्रहरीमा खबर गर्न सक्ने सरकारले जनाएको छ l उज्यालो  अनलाइनबाट