आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

लालीगुराँस सांस्कृतिक परिवारद्वारा आयोजित दशै बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा

परदेशी खबर ७ आश्विन २०७३, शुक्रबार १४:५३ मा प्रकाशित ( ८ साल अघि) २६९ पाठक संख्या

14111582_1172202432846310_1838101699_nनैनकला राई,सेप्टेम्बर २३,कुवेत l  लालीगुराँस सांस्कृतिक परिवारद्वारा आयोजित “लालिगुरासँ दशै धमाका २०७३” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l कार्यक्रम आगामी ७ अक्टोबर २०१६ का दिन कुवेतको खैतान स्थित राजधानी हलको म्याक्स बिल्डिंगमा हुने भएको जानकारी संस्थाको अध्यक्ष डिबी लोपचनले परदेशी खबरलाई दिएका छन् l

परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ण गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले भब्याताका साथ मनाउने भएको छ l

“हाम्रो संस्कृति हाम्रो परम्परा “ भन्ने मुल नारा लिएर २०१० सालमा स्थापना भएको कुवेतको नेपाली समाजमा पुरानो र आफ्नो अलग पहिचान बनाएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले हरेक बर्ष जस्तै गरी यो बर्ष पनी दुर्गा पुजा एवं शुभकामना आदन प्रदानका साथ बिशेष तरिकाबाट संस्कृतिक प्रस्तुतिहरु स्थानीय कलाकारहरुले दिने संस्थाका अध्यक्ष् लोपचनले बताएका छन् साथै उक्त कार्यक्रममा दर्शकहरुलाई खानाको पनि ब्यबस्था गरिने भएको छ l
सो दिन कुनै पनी कार्यक्रम नजुधाइदिनु हुन र उक्त दिन उपस्थितिको लागि बुद्धिजिबी, समाजसेवी , कलाकार , खेलाडी , पत्रकार एवं कुवेतबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक आवहान साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी कार्यक्रमको सोभा बढाई सफल पारिदिनु हुन आयोजकले आग्रह गरेको छ l

कार्यक्रमको विवरण

कार्यक्रम :लालीगुराँस दशै धमाका
स्थान :- राजधानी होटेल खैतान म्याक्स बिल्डिङ
मिति :- ०७ अक्टोबर २०१६
समय:- बिहान 11 बजे देखि साझ 5 बजे सम्म